इटहरी । विगत १३ बर्ष देखि सम्पूर्ण कक्षामा न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको सुनसरीको इटहरी स्थित समता स्कुलले बुधबार आफ्नो १३ औं अभिभावक दिवश संगै पाचौँ गायन तथा नृत्य प्रतियोगीता सम्पन्न गरेको छ ।
बिद्यालयका प्रधानाध्यापक सन्तोष श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अभिभावक दिवस संगै पुरस्कार वितरण तथा बिभिन्न प्रतियोगीता सम्पन्न गरिएको हो ।
कार्यक्रममा बिद्यालयले वर्ष भरी बिभिन्न बिधामा गरेको परिक्षा एवम खेलकुद प्रतियोगिताहरूमा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीहरूलाइ सम्मान सहित पुरस्कार बितरण गरिएको थियो ।
सोहि अवसरमा उचित शिक्षा संगै संस्कार प्रदान गर्ने १७ जना अभिभावक सहित १ जना अभिभावक लाई उत्कृष्ट अभिभावकको सम्मान पनि गरिएको छ ।
बिद्यालयका संस्थापक अध्यक्ष उत्तम कुमार सञ्जेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपस्थित अभिभावकहरूलाइ मनोरञ्जन प्रदान गर्न इटहरी लगायतका इलाम, झापा, मोरङ्ग र सिरहामा संचालनरत समता स्कुलका बिद्यार्थीहरूले बिभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
बिद्यालयले आयोजना गरेको ५औं गायन तथा नृत्य प्रतियोगिता अन्तरगत सुनसरी , मोरङ, झापा , इलाम र सिराहा बाट ४८ जना बिद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए । जसमा समता स्कुल इटहरीले एकल गायन, र्याप गायन, युगल गायन, एकल नृत्य र सामूहिक नृत्य तर्फ नै प्रथम हुन सफल भएको छ ।
कार्यक्रममा उपस्थित अभिभावकका लागि लक्की ड्र मार्फत ५१ जना अभिभावकहरूलाइ बिभिन्न आकर्षक पुरस्कारहरू समेत प्रदान गरियो ।
स्कुलमा नर्सरी देखी क्षा १० सम्मका ७ सय बढी विद्यार्थीहरु अध्यनरत गहेका छन् ।
कार्यक्रममा इटहरी उपमहानगर पालिका वडा नम्बर ४ का वडा सदस्य विशेश्वर पोख्रेल,गायक ,संगितकार अजय अधिकारी,र्यापर निर्णय श्रेष्ठ,गायिका सदिक्षा भुर्तेल, समाजसेवी यमेश पौडेल लगायत, अभिभावकहरूको उपस्थिती रहेको थियो ।