रुपन्देही । रोल्पाको त्रिवेणी गाउँपालिका ६ थुम्काटोलमा बस्ने ४० वर्षीय खिमबहादुर बुढा मगरले दुई छोरा र एक छोरीको आमा रहेकी ३२ वर्षीय श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन् ।मलेसियामा काम गरेर फर्केका खिमबहादुरले मङ्गलवार बिहानै घरमै तरकारी बनाउँदै गरेकी श्रीमती अस्मिता बुढालाई खुकुरी प्रहार गरेर हत्या गरेका हुन् ।
श्रीमतीको हत्या गरेपछि पनि उनले हातमा हतियार लिएर घुमिरहेको र प्रहरी तथा स्थानीय छिमेकी आउँदासम्म पनि घरमै बसेका थिए । खिमबहादुरले बिहानै मदिरा सेवन गरेका खिमबहादुरले आफूलाई श्रीमतीले पटक पटक हेपेर बोलेको, भनेको नमानेका कारण आवेश आएर हत्या गरेको प्रहरी र स्थानीयलाई बताएका छन् ।