इटहरी, इटहरी नमुना कलेजमा आयोजित “बिग इनोभेसन डे“ मा विद्यार्थीका अनौठा आविष्कारहरूले अवलोकनकर्ताहरूलाई आश्चर्यचकित बनाएको छ । विद्यालय पमिा दुलहीझैं सिंगारिएको थियो, जहाँ विज्ञान, प्रविधि, कला, संस्कृतिदेखि सामाजिक विषयसम्मका विविध प्रयोगात्मक सामग्रीहरू प्रदर्शन गरिएका थिए।

विद्यार्थीका नवप्रवर्तनशील सामग्रीहरू

कार्यक्रम परिसर भित्र प्रवेस गर्दा प्रमुख अतिथी तथा अभिभावकहरूलाई विद्यार्थीहरुले आफैले बनाएको ड्रोन उडाएर पुष्प वृष्टि गरेपछी अतिथी तथा अभिभावकहरू हौसिए, साथै विद्यार्थीले रोवर्टबाट प्रमुख अतिथी सथै रिवन काटेर कार्यक्रमको उदघाटन गरेपछी अभिभावकहरु झन् चकित परे। “हाम्रो छोराछोरी यति धेरै सिर्जनशील रहेछन् भन्ने देखेर गर्व लागेको छ,“ एक अभिभावकले उत्साहित हुँदै भन े।  विद्यार्थीहरूले “स्मार्ट इटहरी“ को परिकल्पना प्रस्तुत गरे, अटोमेटिक सडक बत्ती निर्माण गरी देखाए, हाइड्रोलिक ब्रेक कसरी काम गर्छ भन्ने प्रत्यक्ष रूपमा प्रदर्शन गरे। ज्वालामुखी विस्फोटको नमुना, पुरातन भाषा–संस्कृतिका अवशेष तथा स्थानीय स्रोतबाट बनाइएका वैज्ञानिक उपकरणहरू अवलोकनकर्ताहरूका लागि आकर्षणको केन्द्र बने ।

WhatsApp Image 2025-02-12 at 3.57.25 PM

व्यापक सहभागिता, उत्साही अवलोकनकर्ता

विद्यालय अगाडि रहेको खुला मैदानमा बिहानैदेखि अवलोकनकर्ताहरूको भीड लागेको थियो। विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय व्यक्तिहरू कार्यक्रममा व्यापक रूपमा सहभागी भए। करिब १०० वटा स्टलहरूमा विभिन्न विषयका नवप्रवर्तनशील परियोजनाहरू राखिएका थिए, जसले दर्शकहरूलाई विज्ञान र प्रविधिप्रति झनै उत्साहित बनायो।

प्रदर्शनीको औपचारिक उद्घाटन

कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्ग र कानुनमन्त्री रेवतीरमण  भण्डारीको उपस्थितिमा प्रदर्शनीको औपचारिक उद्घाटन भयो। प्रमुख खापुङ्गले विद्यार्थीहरूद्वारा निर्मित सामग्रीहरूले उनीहरूको सिर्जनशीलतालाई मात्र नभई शिक्षालाई थप प्रभावकारी बनाउन मद्दत गर्ने बताए। कानुनमन्त्री भण्डारीले यस्ता प्रदर्शनीहरूले शैक्षिक प्रणालीमा नवीनता ल्याउने र विद्यार्थीको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे।


पूर्व विद्यार्थीको सम्मान, प्रेरणादायी अनुभव साटासाट

कलेज प्रशासनले विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान दिएका आफ्ना पूर्व विद्यार्थीहरूलाई सम्मान ग¥यो। सम्मानितमध्ये कोही सफल उद्यमी थिए भने कोही प्रविधि, शिक्षा र सामाजिक सेवामा योगदान दिइरहेका व्यक्तित्व रहेका थिए । “नमुना कलेजले हामीलाई जुन ज्ञान र अवसर दियो, त्यसकै कारण आज यो स्थानमा छौं,“ सम्मानित एक पूर्व विद्यार्थीले बताए । WhatsApp Image 2025-02-12 at 2.36.27 PM (1) - Copy


विद्यालय प्रशासनको प्रतिबद्धता

नमुना कलेजका प्रमुख धर्म न्यौपानेले विद्यार्थीहरूको रुचि र सिर्जनात्मक क्षमतालाई अझ प्रोत्साहन गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। “हामी विद्यार्थीहरूलाई केवल किताबी ज्ञानमा सीमित नराखी उनीहरूलाई आफैं बनाउने, परीक्षण गर्ने र सिक्ने अवसर दिन चाहन्छौं,“ उनले भने।


शैक्षिक क्षेत्रको स्तरोन्नतिमा योगदान

इटहरी नमुना कलेज २०७० सालदेखि त्रिभुवन विश्वविद्यालयसँग सम्बद्ध छ। प्लस टुदेखि स्नातक र स्नातकोत्तर तहसम्मका कार्यक्रम सञ्चालन गर्दै आएको यो कलेज शिक्षाको गुणस्तरका हिसाबले कोशी प्रदेशकै एक उत्कृष्ट संस्था मानिन्छ । बिग इनोभेसन डेले विद्यार्थीको क्षमता प्रदर्शन गर्ने मात्र नभई सिकाइलाई दिगो बनाउन महत्त्वपूर्ण योगदान पु¥याएको विद्यालय प्रशासनले जनाएको छ। अभिभावक, शिक्षक, र विद्यार्थीहरूको सकारात्मक प्रतिक्रियाले यस्ता कार्यक्रमहरू भविष्यमा अझ व्यापक बनाइने संकेत गरेको छ।