धरान । धरानको लाङघाली चोकस्थित सुशिक्षा मन्टेस्वरी बालमैत्री शिक्षण पद्धति, व्यवस्थित भौतिक पूर्वाधार, र गुणस्तरीय शिक्षाका कारण अभिभावकहरूको पहिलो रोजाइ बन्दै गएको छ। ज्ञान र संस्कृतिको संगम मानिने श्रीपञ्चमीका अवसरमा सुशिक्षाले यस वर्ष पनि बालबालिकाहरूको औपचारिक अक्षराम्भ गराउँदै भव्य रूपमा सरस्वती पूजा सम्पन्न गर्यो।
यस विशेष अवसरमा विद्यार्थी, अभिभावक, तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो। बालबालिकाहरूलाई सिर्जनशील, अनुशासित र आत्मनिर्भर बनाउन बालमैत्री शिक्षण विधि अपनाउँदै आएको सुशिक्षाले आफ्नै भवनमा सुविधासम्पन्न कक्षाकोठा, पर्याप्त खेल सामग्री, पोषणयुक्त खानपान, र अनुभवी शिक्षकहरूको टोली सहित शिशु कक्षादेखि यूकेजीसम्म उत्कृष्ट शिक्षा प्रदान गरिरहेको छ।
साथै, डे बोर्डिङ सुविधासहितको व्यवस्थापनले अभिभावकहरूलाई थप सहजता प्रदान गरेको छ। छोटो समयमै गुणस्तरीय शिक्षा प्रदान गर्ने उत्कृष्ट शिक्षालयका रूपमा स्थापित सुशिक्षा मन्टेस्वरीले धरानमा आफ्नो छुट्टै छाप छोड्न सफल भएको प्रधानाध्यापक भट्टराईको भनाइ छ । प्रत्येक विद्यार्थीहरुलाई घरायसी वातावरणमै शिक्षण सिकाइ गराइने सुशिक्षाले डे बोर्डसको समेत व्यवस्था गरेको बनाएको छ ।