इटहरी । नेपाल जेसिजको आगामी पुस पहिलो साता सुनसरीको इटहरीमा हुने ५१औं महाधिवेशनको प्रचार प्रसार केन्द्रित संचारकर्मीहरुसंग छलफल गरिएको छ ।
आगामी पुस ६,७र८ गते इटहरीको जनता माध्यमिक विद्यालयको प्रागंणमा आयोजना गरिने महाधिवेशनको प्रचार प्रसारलाई जोड दिदै महाधिवेशन तयारी समितिले संचारकर्मीहरुसंग छलफल गरेको हो ।
इटहरीको जेसिज भवनमा आयोजना गरिएको छलफलका क्रममा महाधिवेशन आयोजक मुल समितिका निर्देशक दिपक ढकालले इटहरीमा देशभरका ८ देखि १० हजार युवाहरुको आगवनले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने वताए । कोशी प्रदेश सरकारले आगामी २०८२लाई पर्यटन वर्ष मनाउन लागि रहेको समयमा प्रदेश सरकारको पर्यटन वर्ष प्रवद्र्धनमा समेत जेसिजको राष्ट्यि महाधिवेशनले महत्वपुर्ण भुमिका खेल्ने समेत महाधिवेशन आयोजक समितिका निर्देशक ढकालले संचारकर्मीहरुलाई जानकारी गराए ।
नेपाल जेसिजको राष्ट्यि महाधिवेशनमा सहभागी हुन आउने युवाहरुलाई इटहरी आसपासका पर्यटकीय क्षेत्रहरुको भ्रमण आयोजक समितिले गराउने भएको छ ।