इटहरी । माइती नेपाल परामर्श पुर्नस्थापन गृह इटहरीले ई–रिक्सा वितरण तथा सिलाई तालिम प्राप्त सहभागीहरूको बिदाई समारोह सम्पन्न गरेको छ ।
हाम्रा आवाज चेलिवेट बेच विखन वाट मुक्त समाज मानव बेचबिखन बिरुद्ध जोखिममा रहेका वा प्रभावितहरुको लागि जिवन उपयोगि सिप विकास भन्ने नाराका साथ माइती नेपालले विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
जोखिममा परेका युवती तथा महिलाहरुलाई आवश्यक सिप सिकाएर आत्मनिर्भर बनाउने उदेश्यले विभिन्न तालिम,सिलाई मेसिन, ई–रिक्सा वितरण कार्यक्रम आयोजना गर्दै आएको छ ।
यही क्रममा आइतबार एक कार्यक्रम गरि ३ जना महिलालाई इ–रिक्सा साथै सिलाई कटाई तालिमका ६ जना सहभागिहरुलाई प्रमाण पत्र वितरण गरेको छ ।
इ–रिक्साको तालिम प्राप्त गरेका सुन्दरहरैच ४ की पुजा गुरुङ, बेलबारी २ की लिलाकुमारी गुरुङ र इटहरी २ की जिवनकुमारी चौधरीलाई सिटी सफारी वितरण गरिएको छ भने गितादेवी धमला, र सावित्रा भट्टराई र सिता शेर्पा राई लाई सिटी सफारीको बैट्री ४,४ थान कार्यक्रमकी प्रमुख अतिथी इटहरी उपमहानगर पालिकाकी उपमेयर संगिता कुमारी चौधरी,र कार्यक्रमका अध्यक्ष तथा माइती नेपालका कार्यकारी निर्देशक विश्वराम खड्काले हस्तान्तरण गरेका थिए ।
तिन महिने कटाई तथा इ–रिक्सा चालक तालिम प्राप्त सहभागिहरुलाई प्रमाण पत्र वितरण गरिएको छ ।
माइती नेपालले उद्दार गरेर ल्याएका चेलिवेटीलाई विभिन्न समयमा जिवन उपयोगी सीप प्रदान गर्दैै ब्यसायिक बनाउदै आएको छ भने यो तिन वर्षमा १५ जना लाई सिटी सफारी साथै सिलाई मेसिनहरु वितरण गरिसकेको पनी माइती नेपाल इटहरी कार्यक्रम संयोजक सुनिता कार्कीले जानकारी दिइन ।
वितरण कार्यक्रममा इटहरी वडा नम्बर २ का वडाध्यक्ष माधव कोइराला, गैर सरकारी सस्था महासंघका अध्यक्ष मेघराज न्यौपाने,इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक रमेश वन समाजसेवी कमला खड्का लगाएको सहभागिता रहेको थियो ।