विराटनगर । विराटनगर महानगरपालिकाको नहर क्षेत्रलाई स्वच्छ, सुन्दर र सफा राख्ने उद्देश्य सहित शुभयात्रा बृहत सरसफाइ अभियानलाई निरन्तरता दिदै आएको छ ।
विराटनगर ४ का स्थानियहरुको वासी तथा समाजसेवीहरुको पहलमा सरसफाई अभियान आइतबार पनी सरसफाई गरेको हो ।
डेंगुको त्रास बढ्दै गइरहेको र सडक क्षेत्रमा रहेको नहर लामो समय देखी सरसफाइ नभइरहेको अवस्थामा आफ्नो गाँउ आफै बनाउ भन्ने नाराका साथ सफा,हराबरा,सुन्दर बनाउने उदेश्यले ५ नम्बर वडा कार्यलय देखि मुस्लिम टोलको एरपोट लाईन सम्म ६ किलो मिटर सरसफाई लाई निरन्तर दिदै आएको अभियान्ता देवचन्द्र घिमिरेले जानकारी दिए ।
फोहोर भनेको सहरको सभ्यता सँग पनि जोडिएको हुन्छ, त्यसो भएकाले नहर ,टोल लगायतका क्षेत्रमा सरसफाई अभियानले महानगरको विकास र समृद्धिका लागि आफूहरू योजनाबद्धरूपमा लागिरहेको सहभागि अभियान्ताहरु बताउ छन् ।
सरसफाई कार्यक्रममा स्थानिय वासी ,समावसेवी लगायतको सहभागितामा सरसफाई अभियान संचालन गर्दै आएको छ ।