त्रिभुवन विश्व विद्यालयका विद्यार्थीहरूले समयमै ट्रान्सक्रिप्ट उपलब्ध गराउनुपर्ने लगायतका विभिन्न माग राख्दै  रातभर धर्नामा बसेका छन्  । विश्वविद्यालय सुधारको माग गर्दै विद्यार्थीहरुले धर्ना सुरु गरेका छन् । त्रिवि सुधारको आफ्ना माग ३ दिन भित्र पुरा गर्न माग गर्दै विद्यार्थीहरुले धर्ना सुरु गरेका हुन् ।

त्रिभुवन विश्व विद्यालयले सुधार गर्न सक्ने कामहरु समेत नगरेर विश्वविद्यालय र आम विद्यार्थीहरुको भविष्य धरापमा पारेको आन्दोलनरत विद्यार्थी ले बताए ।।

उहाँले विद्यार्थीका जायज माग ३ दिन भित्र सम्बोधन नभए आन्दोलनका तर्फबाट हुने सम्पूर्ण क्षतिको जिम्मेवार त्रि।वि। स्वयं हुने चेतावनी समेत दिएका छन । 

यस्ता छन् विद्यार्थीका मागहरू 

१ आजसम्म  एकै वर्षमा २ वर्षको परीक्षा का कारण ट्रान्स्कृप्ट नपाएका सम्पुर्ण विद्यार्थीहरुको ३ दिनभित्र ट्रान्स्कृप्ट उपलध गराउने सम्बन्धि निर्णय गर्नुपर्ने । 

२ नियम विपरित रहेर विद्यार्थीको भलो गराउने क्याम्पस र परिक्षा दिलाउने प।नि।का। का सम्बन्धित पक्षहरुलाई कानून अनुसार कारबाही गरिनुपर्ने ।

 ३ प्राज्ञिक परिषद्‌ले मिति २०१०(१२(०४ गते विद्यार्थीलाई ट्रान्स्कृप्ट उपलब्ध गराउने सम्बन्धि गरेको निर्णयको स्पष्टिकरण दिनुपर्ने ।

४  विद्यार्थीको भविष्य अन्धकार बनाउने सबै निति  नियमहरु यथासिघ्र सिनेट बैठक राखि सच्याउनु पर्ने ।461099110_2225930044446111_6201797239469048963_n

 461318764_2225929891112793_807347536344632351_n