ईटहरी , राष्ट्रिय प्रजातन्त्र पार्टी सुनसरीको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम रिजाल्स् भिजन पार्टी प्यालेस ईटहरीमा सम्पन्न भएको छ । पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्गदेनको प्रमुख आतिथ्यतामा जिल्ला स्तरीय प्रशिक्षण इटहरीमा सम्पन्न भएको हो ।
प्रशिक्षण कार्यक्रमको खुल्ला सत्रमा नेकपा एमाले , नेपाली काग्रेस लगाएका पार्टी परित्याग परी ६३ जनाले पार्टी प्रवेश समेत गरेका छन । बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्न चुस्त संगठन, वैचारिक रुपमा सबल कार्यकर्ता र समयानुकूल कार्यक्रम आवश्यक पर्ने भएकाले प्रशिक्षण गरिएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनले बताए ।
उनले बिगतका कमिकमजोरहरुलाई बिर्सेर जनताको भरोसा लाई आत्मसात गर्दै राप्रपा अगाडी बढ्नु पर्ने बताएका छन । अहिलेको प्रशिक्षण भनेको संगठन सुदृढीकरण सगै संगठन बलियो बनाउनु नै भएको उनले कार्यकर्तालाई बताएका छन । सकारात्मक सोचको साथ अगाडी बढे मात्र संगठन निर्माण गर्न सकिने उनले बताए ।
प्रशिक्षणमा समसामयिक राजनीतिक अवस्था, संगठन निर्माण र नेतृत्व विकास, सैद्धान्तिक वैचारिक पक्ष, सक्रिय सदस्यता वितरण अभियान, केन्द्रीय महाधिवेशनको तयारीलगायतका विषयमा जानकारी दिइएको राप्रपा सुनसरीले ले जनाएको छ । प्रशिक्षण कार्यक्रममा पुर्व मन्त्री रामकुमार सुब्बा , पार्टीका कोशी प्रदेश अध्यक्ष तथा दमक नगर प्रमुख राम थापा ज्यु लगायत केन्द्रिय नेताहरुको उपस्थीती रहेको थियो ।





















