इटहरी । आउदै गरेको नेपाली नारीहरुको महान चाँड हरितालिका तिजको अवसरमा नेपाल प्रेस युनियन सुनसरीले तिज विशेष कार्यक्रम इटहरीमा सम्पन्न गरेको छ ।
सुनसरीमा कार्यरत महिला पत्रकार, संचारकर्मीहरु लाई लक्षित गरी आउदै गरेको नेपाली नारीहरुको महान चाँड हरितालिका तिजको अवसर पारेर शुभकामना आदान प्रदान गर्दै नाँच गान गर्र्दै रमाईलो गरेका थिए ।
कार्यक्रममा बोल्दै सहभागी बक्ताहरुले हामीले तीज पर्वलाई भड्किलो गरी मनाएका छैनौ, हामीले मर्यादा र अनुशासनमा रहेर चार्डपर्व मनाउनु पर्छ अहिले महिला, पुरुषहरु नै भएर तिजका कार्यक्रम गर्दै आएको पाइन्छ ।
फेरी तीज पर्वमा विकृति मौलायो भन्ने काँही कतै सुन्नमा आउछ तर कुनै पनि संस्कार विनाको जिन्दगी नहुँने बताउँदै तीजसहित हिन्दुहरुले मनाउने हरेक पर्वले समाजलाई सुसूचित बनाउने काम गरेको बताएका थिए ।
साथै समाजको राम्रो पक्षलाई उजागर गर्दै जाने हो भने, सबै कुरा सकारात्मक हुने पनि सहभागीहरुले बताएका थिए ।
नरीहरुको महान चाँड लाई मध्यनजर गर्दै संचारकर्ममा आबद्ध रहेकाहरुसंग एक आपसमा भेटघाट तथा शुभकामना आदान प्रदान गर्दै सामुहिक नाँच गाँन गरेर रमाइलो गर्ने उदेश्यले तिज विषेश कार्यक्रमको आयोजना गरिएको नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष ध्रुब ढकालले जानकारी गराए ।
नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष ध्रुब ढकालको अध्यक्षता तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य लक्ष्मि खतिवडाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मिनकुमार नवोदित,कोशी प्रदेश संसद ममता योञ्जन, नेपाल महिला संघ सुनसरीकी अध्यक्ष ः विजया कट्वाल, इटहरी उपमहानगर पालिका वडा नं. ६ का अध्यक्ष दिवस पोख्रेल, प्रेस स्वतन्त्र सेनानी हर्ष सुब्बा, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अमर खड्का,जिल्ला होटल तथा पर्यटन ब्यवसायी संघका अध्यक्ष तेज बहादुर पुरी लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।