इटहरी । इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले एमाले जनप्रनिधीहरुको कारण उपभोक्ताहरुको रकम भुक्तानी दिन नसकेको आरोप लगाएका छन । आज राखेको कार्यपालिका बैठक बहिष्कार गरे पछि मेयर पौडेलले यस्तो आरोप लगाएका हुन । 

   पाँच महिना देखि बारम्बार कार्यपालिका बैठक बस्न आग्रह गर्दा पनि एमालेका जनप्रतिनिधीहरुले बस्न नमान्दा उपभोक्ताहरुको करोडौ रुपैया भुक्तानी हुन नसकेको मेयर पौडेलको भनाई छ । कार्यपालिका बैठक बसेर मात्र उपभोक्ताहरुले भुक्तानी पाउछन तर त्यहि कार्यपालिकामा बारम्बार एजेण्डा फर्काउनु परेको गुनासो गरे । 

 गत असार १० गते भित्र नगरसभा गरेर बजेट सार्वजनिक गर्नु पर्ने कानुनी बाध्यतामा पनि एमाले जनप्रतिनिधीहरुले असहयोग गरेको भन्दै इटहरीलाई बन्धक बनाउन खोजेको मेयर पौडेलको भनाई छ । नगरपालिका सँग पैसा नभएर भुक्तानी नदिएको भन्दै हल्ला फैल्याएको भन्दै नगरपालिका सँग पैसा भएर पनि कार्यपालिका नबस्दा भुक्तानी दिन नसकेको मेयर पौडेलको भनाई छ । 

 आज दिउसो ३ बजेलाई तोकिएको कार्यपालिका बैठकमा एमालेले बहिष्कार गरे पनि काँग्रेसका ५  जना वडा अध्यक्षको उपस्थितिमा मेयर पौडेलले एमालेको असहयोग गरेको बताएका हुन ।

इटहरी उपमहानगरपालिकाका प्रबक्ता तथा इटहरी ६ का वडा अध्यक्ष दिवश पोखरेलले बारम्बार एमाले प्रतिनिधीका अबरोधका कारण उपभोक्त्ताले भुत्तानी नपाएको गुनासो गरे । उपभोक्ताहरुले वडा घेर्ने अवस्था भएको भन्दै उपभोक्ताहरुलाई भुक्त्तानी दिन लाग्नु पर्ने बताए । इटहरी २० का वडा अध्यक्ष  मणिराम श्रेष्ठले उपभोक्ताहरुले भुक्तानी नपाउदा समस्या भइरहेको भन्दै सबै एक जुट भएर भुक्तानी दिन सहमती जनाउनु पर्ने बताए ।