खोटाङ॥ अक्सर परदेशमा बस्ने नेपाली मूलका मानिसहरुलाइ आफ्नो मौलिक पहिचान र संस्कृति बेवास्ता गर्ने साथै त्याग्ने आरोप लाग्ने गरेको छ । तर यस भाष्यलाइ गलत सावित गरेर उदाहरणीय पात्र बनेका छन् युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले । सात समुद्र पारी रहेर पनि आफ्नो मौलिक किराती संस्कार संकृतिको संरक्षण र प्रवद्धनमा जुटेका छन् युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका । 

खोटाङ जिल्ला खोटेहाङ्ग गाउपालिकामा पालिका भरिको ३४ जना किरात राइ समुदायकोे चुला पुज्ने नक्छुङ , २ जना झारफुक गर्ने धामी र २ जना नक्छुङको सहयोगी मुन्दुमविज्ञ तोकाया हरुलाई सम्मान गरिएको छ । युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाको संयोजनमा किरात राई यायोखा खोटेहाङ्ग गाउपालिकाको व्यवस्थापनमा कार्यक्रमको आयोजना गरिएको हो ।Messenger_creation_44d52865-e7f8-467f-8de9-5fd673feac73

कार्र्यक्रममा खोटेहाङ्ग गाउपालिका अध्यक्ष उदिम बहादुर राईको प्रमुख आतिथ्य त्यस्तै गाउपालिका उपाध्यक्ष रुपेश राइको विशेष आतिथ्यता रहेको थियो । खोटाङ बजार स्थीत पालिका परिसरमा भएको उक्त कार्यक्रमको संयोजनकारी भूमिकामा  युनाइटेड अर्गनाइजेसन अफ अमेरिकाको सल्लाहकार सुरेश चाम्लिङ्ग हुनु रहनु भएको थियो । सम्मान कार्यक्रममा उपस्थित भएका नक्छुंग हरुलाई,अर्गनाइजेसनको लोगों अंकित टि सर्ट, एक चिण्डो रक्सी र नगद रु ५०००/- ले सम्मान गरिएको थियो । कार्यव्यस्तताले अनुपस्थित हुने नक्छुंग हरुलाई सम्मान पत्र र रु १०००/- घर मै पठाई दिनेगरी पालिका अध्यक्षलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा किरात धर्म संस्कार परम्परा रिति रिवाजलाई आफ्नो मुन्दुमी अलौकिक शक्ति र ज्ञानद्वारा  समाजमा अनवरत रुपमा सेवा पुर्याउनु हुने नक्छुङ दुवांग हरुलाई  किन सम्मान गर्नु पर्ने बारेमा वक्ता हरुले जोड दिनु भएको थियो । Messenger_creation_14cc7eb3-6ea8-4955-9583-b0a33557e68b

कार्यक्रम संयोजक सुरेश चाम्लिङ्ग राइले नक्छुङहरु रातभरी धामी बस्नु पर्ने र दिउसो काम गर्नु पर्ने हुनाले उहाहरुको स्वास्थ्य,परिवार र आर्थिक अवस्था समेत संकटमा परेको हुदा राज्यले प्रोत्साहन गर्नु पर्ने बताउनु भयो । उहाले यहि अवस्था रहेमा नया धामीहरु ननिस्कने र केहि वर्ष भित्र नै किराती राईहरुको कुल पित्र गर्ने नक्छुङहरुको अभाव खड्किने चिन्ता व्याक्त गर्नुभयो । सम्मान कार्यक्रमका प्रमुख अतिथी उदिम बहादुर राईले गाउँपालीकाले पनी यो पाटोमा सोचेको र के कति प्रोत्साहन भत्ता दिन सकिन्छ, आगामी बजेटमा छलफल गरि सम्बोधन गर्ने कुरा बताउनु भयो । उहाले नक्छुङहरुको पारिश्रमिक पनि निर्धारण गर्नु पर्ने आवस्यकता रहेको बताउनु भयो । उहाले झारफुक गरेको,सानो (जाप) धामी बसेको, र ठुलो धामी बसेको पारिश्रमिक तोकिनु पर्ने बारेमा छलफल गरिने प्रतिवद्दता व्यक्त गर्नु भयो ।Messenger_creation_8b2f725f-14bf-40f8-99ca-b447184ebe50

त्यस्तै विशेष अतिथी उपाध्यक्ष रुपेश राईले किरात राईहरुले झारफुक भन्दा पनी मुन्दुम जोगाउनु संस्कार जोगाउनु गाह्रो परिरहेको कुरा बताउनु भयो । खोटेहाङ्ग गाउपालिका स्थीत ९ नम्बर वडामा धामी नै नभएको र अन्य किराती समुदाय भएको स्थानमा पनी धामी संकट भै रहेको छ । उहाले अन्य खसआर्य हरुको गुरुकुल पढ्ने विद्यालय रहेकाले गर्दा पण्डितको समस्या नहुने तर किरातीको यो पुस्ता पछि धामीको संकट पर्ने र किराती संस्कार धरापमा पर्ने कुरा औल्याउनु भयो । कार्यक्रममा नछुङगहरुको तर्फबाट दशरथ राइले मन्तव्य राख्नु भएको थियो । सम्मान सभाको अध्यक्षता किरात राई यायोखा खोट्टेहाङ्गका अध्यक्ष बिशाल राईले गर्नु भएको थियो । उहाले सभाको विसर्जन गर्नुहुदै अमेरिकाबाट खोटाङ आएर यो कार्यक्रम गरिएकोमा युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकालाइ धन्यवाद व्यक्त गर्नु भयो ।Messenger_creation_af69c3c1-16b1-41f6-82a6-a83cdc1c81c6

कार्यक्रमको सञ्चालन कवि तथा साहित्यकार इन्द्र नार्थुङ्गेले गर्नु भएको थियो । सम्मानित हुनेहरुमा वार्ड न १ का नक्छुंगहरु सन्तोष राई, सुमन राई, लोक नाथ राई,पदम बहादुर राई, बिष्णु कुमार राई,मदन राई,टिका प्रसाद राई,निर बहादुर राई रहनु भएको छ । त्यस्तै वडा न २ बाट देउ मान राई, राम कुमार राई,विशन राई,सुन्धिमाया राई,गोधुमान राई, सगुन राई,जित बहादुर तामांग,र सोम बहादुर रहनु भएको छ । त्यस्तै वडा न ३ बाट बम बहादुर राई, बाग बहादुर राई,बाल धन राई र राजन राई , वार्ड न ४ बाट ध्यान बहादुर राई , वार्ड न ५ बाट जेस्ठ नक्छुंग शक्ति राज राई,गणेश बहादुर राई,खिम बहादुर राई ,बासु देव राई रहनु भएको छ । त्यस्तै वडा न ६ बाट जीवन राई, दशरथ राई, बिमला राई,कृष्णा राई(छालिमा), दिपेश राई र तोकाया हरु राम भक्त राई र रण कुमार राई रहनु भएको छ । त्यस्तै वडा न ७ बाट बिष्णु राई , वार्ड न ८ बाट बाग धन राई,राज कुमारी राई ,अगम सेर राई (ठोट्ने)र अगम सेर राई (गैरी )रहनु भएको छ ।