भोजपुर ॥ किरात सभ्यता,संस्कृति तथा मुन्दुम संरक्षण केन्द्र , माङ्पा संरक्षण समिती भोजपुर जिल्ला तदर्थ समिती गठन भएको छ ।
आइतबार भोजपुर जिल्ला हतुवागढी गाऊपालिका वडा नं ६ स्थित सामुदायिक भवनमा माङ्पा चतुरमान राईको अध्यक्षतामा ९ सदस्यीय माङपा संरक्षण भोजपुर जिल्ला तदर्थ समिती गठन भएको छ । त्यस्तै उपाध्यक्षमा सुमन राई (माङ्पा) , सचिवमा मान कुमार राई (माङ्पा), सह-सचीवमा ध्यान बहादुर राई (माङ्पा), कोषाध्यक्षमा दल बहादुर राई (माङ्पा), सदस्यमा पुणर् बहादुर राई (माङ्पा), सदस्यमा कृष्णदल राई (माङ्पा) , सदस्यमा दल बहादुर राई (माङ्पा) , सदस्यमा सुब्बा राई (माङ्पा) चयन भएका छन् ।
माङ्पा संरक्षण समिती केन्द्रिय संयोजक ढक बहादुर राई (माङ्पा)को संयोजकत्व एवं पुर्वसंसद तथा राष्ट्रपति सल्लाहकार धनहर्क राईको प्रमुख आतिथ्यतामा भोजपुर जिल्ला समिती गठन कार्यक्रम सम्पन्र भएको हो । त्यस्तै राजेन्द्र राईको संयोजकत्वमा ७ सदस्यीय माङ्पा संरक्षण समन्वय भोजपुर जिल्ला समिती समेत गठन भएको छ । सो समितिका सदस्यहरुमा रमेश राई , नबिन राई , मनिकुमार राई , शुक्र बहादुर राई , अरुण लता राई , सुव राई चयन भएका छन् । त्यस्तै माङ्पा संरक्षण भोजपुर जिल्ला तदर्थ समितीको सल्लाहकार समितीमा धनहर्क राइ, धन ब. राई, नन्द प्रसाद राइ चयन भएका छन् ।कार्यक्रममा नवगठित माङ्पा समितिका सदस्यहरुलाइ संस्थागत माङ्पा परीचय पत्र वितरण समेत गरिएको छ ।
किरात सांस्कृतिक नायक मुन्दुमी नछुङ/माङ्पा (धामि बिजुवा)लाइ संरक्षण गर्ने तथा मुन्दुमी ज्ञान पुस्ता हस्तान्तरण गर्नै मुख्य उदेश्यले माङ्पा संरक्षण समिती भोजपुर जिल्ला समिती गठन भएको कार्यक्रमका संयोजक साथै माङ्पा संरक्षण समिती केन्द्रिय संयोजक ढक बहादुर राइ(माङ्पा)ले जानकारी दिएका छन् ।




















