काठमाडौं   ।  श्रीलोचन अभिनन्दन स्मारिका विमोचन भएको छ ।  काठमाडौँमा लोकेन्द्रबहादुर चन्द मुल समारोह समितिले आयोजना गरेको कार्यक्रमबीच श्रीलोचन अभिनन्दन स्मारिका विमोचन भएको हो । स्मारिकामा पूर्व प्रधानमन्त्री चन्दले राजनीति र साहित्यका क्षेत्रमा पुर्र्याएको योगदानका बारेमा विभिन्न लेखहरु लेखिएका छन् ।

वि.सं. १९९६ फागुन ३ मा बैतडीको कुरकुटिया गाउँमा चन्दको जन्म भएको थियो । उनी नेपालका २७औं प्रधानमन्त्री हुन् । उनी राजनीति र साहित्यका माध्यमबाट विश्वमा आफ्नो पहिचना बनाउन सफल व्यक्ति हुनु । चन्दले देश र समाजका लागि ठूलो योगदान पुर्याएका छन् ।

पूर्व प्रधानमन्त्रीसँगै उनी वरिष्ठ साहित्यकार पनि हुन् । उनका नेपाली अंग्रेजी हिन्दी भाषामा विभिन्न पुस्तकसमेत प्रकाशित छन् । उनलाई २०५४ मा ’विसर्जन’ (कथा संग्रह) नामक ग्रन्थका लागि ’मदन पुरस्कारबाट सम्मानित गरिएको थियो ।

नागरिक अभिनन्दन मुल समारोह समितिले उनलाई गत फागुन ३ गते नागरिक अभिनन्दन गरेको थियो । राजनीति र साहित्य क्षेत्रमा ठूलो योगदान रहेको हुँदा उनलाई अभिनन्दन गरेको नागरिक अभिनन्दनका संयोजक मायाप्रकाश भट्टले जानकारी दिए ।