इटहरी । समाजमा आर्थिक सवलिकरण गराउने उदेश्यले इटहरीमा सामाजिक तथा आर्थिक रुपान्तरणका लागि प्रगतिशिल उपयोग तत्वहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

महिला सञ्जाल इटहरीको आयोजनामा भएको कार्यक्रममा भारतीय अर्थविद्  राजेश सिंहले आर्थिक रुपान्तरण लगायका विषयमा  सहजिकरण गरेका थिए ।

 समाजका सबै व्यक्तीलाई आर्थिक रुपमा सवल बनाउनका लागि समानता भन्दा पनि समताको विषयमा जोड दिन सके समाजमा सबै सवल हुने भन्दै उनले त्यसको लागि राज्य नै अभियानमा लाग्नु पर्नेमा सहभागीहरुले  जोड दिएका थिए ।3810bef6-cc87-4aff-b83f-246c6bcc5a05

कार्यक्रमको समन्वय हलेसी महादेव मिडियाले गरेको थियो भने अमुर्त सुनसरी इटहरी र इन्टरनेशनल व्युटिसियन एकेडेमीको सह आयोजनामा भएको थियो । 

कार्यक्रममा सामाजिक संघ,सस्था ब्यवसायी लगायतको ७० जनाको उपस्थितिमा आर्थिक सवलिकरण , आर्थिक रुपान्तरणका लागि प्रगतिशिल उपयोग तत्वहरुको विषयमा जानकारी दिने उद्धेश्यले कार्यक्रमको आयोजना गरेको हलेसी महादेव मिडिया की डाइरेक्टर तथा महिला सञ्जालकी सदस्य विजया प्याकुरेलले जानकारी दिइन । e42e08ac-32d6-443d-a23f-c74984c8915aमहिला सञ्जालकी अध्यक्ष योशा गुरागाईको अध्यक्षतामा भएको कार्यक्रममा अमुर्त सुनसरीकी अध्यक्ष डाक्टर तारा काफ्ले, विश्व आदर्श कलेजका अध्यक्ष लेखनाथ घिमिरे, एडुटेक कलेज इटहरीकी प्राध्यापक दर्शना सापकोटा, संस्थाकी सहसचिव गोम गिरी  लगायतको सहभागिता रहेको थियो ।