इटहरी ।  २६ वर्ष अघि देखि सुनसरीको इटहरीमा रहेर राम्रो नतिजा ल्याउन सफल हुदै आएको विश्व आर्दश कलेजले विद्यार्थीहरुका लागी अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । 

  शैक्षिक दृष्टिकोणले देशमै राम्रो नतिजा ल्याउन सफल हुदै आएको विश्व आर्दश कलेजले कक्षा ११का नयाँ विद्यार्थीलाई कलेजको विगत र वर्तमान अवस्था तथा पठनपाठनका लगायतका विषय जानकारी गराउने उद्धेश्यले कार्यक्रमको आयोजना गरेको हो ।

   कक्षा ११ का ब्यवस्थापन र विज्ञान विषयका विद्यार्थीहरुलाई बेग्लाबेग्लै कार्यक्रमको आयोजना गरि अध्ययन अध्यायपनका साथै विद्यार्थी जीवनसंग केन्द्रित उत्प्रेरणा मुलक कार्यक्रमको आयोजना गरेको छ । 

प्रवेश परिक्षामा उकृष्ट हुने १० जना विद्यार्थीहरु लाई कलेजले सम्मान गरेको छ ।WhatsApp Image 2024-07-25 at 17.44.58

 त्यसै कार्यक्रमकी प्रमुख वक्ता उत्प्रेरक २००५ की मिस नेपाल सुगरिका केसीले नैतिक शिक्षा,विद्यार्थीले पालना गर्नु पर्ने र देशमै पनी केहीगर्न सकिने र  विद्यार्थी जीवनका विषय केन्द्रित उत्प्रेरणा सम्वन्धी  सहजिकरण गरेकी थिइन ।

सो क्रममा कलेजका प्राचार्य गणेश कुमार  दुलालले कलेजका विषय साथै विद्यार्थीले अपनाउनु पर्ने अनुशासन,कलेज उत्कृष्ट हुनुको उद्धेश्य लगायतका विषयमा जानकारी गराएका थिए ।WhatsApp Image 2024-07-25 at 17.44.55

 कार्यक्रम कलेजका अध्यक्ष लेखनाथ घिमीरेको अध्यक्षतामा भएको कार्यक्रममा ७ सय विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

विश्व आर्दशका विद्यार्थी समेत रहेका चर्चित गायक प्रितम आचार्य लगायतको सांस्कृतिक तथा मोडलिङ कार्यक्रम समेत प्रस्तुत गरेका थिए भने विश्व आदर्शका पुर्व विद्यार्थी सुगम दुलालले किन जाने विदेश सिर्षकमा कविता बाचन गरेका थिए ।WhatsApp Image 2024-07-25 at 17.44.51

विश्व आर्दश कलेजले आफना विद्यार्थीहरुलाई लक्षित गरी माई सेकेण्ड टिचरका माध्यमबाट समेत विद्यार्थीलाई अध्ययनमा सहज वनाउदै आएको छ । 

माई सेकेण्ड टिचरमा कक्षाको पाठ्यक्रम र पाठ्क्रम बाहिरका विषयवस्तुका प्रश्न उत्तर समावेश गरेर प्रविधिका माध्यमबाट अध्ययन गर्न सकिने व्यवस्था समेत विश्व आर्दश कलेजले मिलाएको छ ।  

विश्व आर्दश विद्यालय तथा कलेजमा गरी हाल ३ हजार बढी विद्यार्थी अध्ययनरत रहेका छन ।