इटहरी । इटहरीमा संचालन भएको ७२ घन्टे आवसिय स्काउट क्याम तथा दिक्षान्त समारोह सम्पन्न गरेको छ । 

नेपाल स्काउटको कोशि प्रदेश अन्तर्गतको स्थानिय स्काउट कार्यलय इटहरीको आयोजनामा बाल बिकास इङ्लिस स्कुलमा भएको ७२ घन्टे स्काउट क्याप सम्पन्न भएको हो ।

यस क्यापले समाज र सिङो राष्ट्रलाइ भैपरि आएको खण्डमा स्काउट स्वयम सेवक तयार गर्ने  उद्धेश्यले विद्यार्थीहरु लाई स्काउट तालिम प्रदान गरिएको स्काउट मास्टर अद्रित श्रेष्ठले जानकारी दिए । 

दैनिक ब्यबहारमा आइपर्ने समस्या र समाधानका बिषयमा छलफल तथा बिपद ब्यबस्थान गर्न र गराउन आफु र आफुले सिकेको सिप छमताको उपयोगिता बारे आफु र आफ्नो साथि सर्कललाइ बताउने तालिमका सहभागीहरुले बताएका छन् ।IMG_2800 2

तालिममा  बाल बिकास स्कुल र स्ट्याण्डर स्कुलका ४० जना छात्र ४० जना छात्राहरु सहभागीता रहेको थियो ।

दिक्षान्त  समारोह बाल बिकश स्कुलका प्रिन्सिपल नारायण संजेलको अध्यक्षता तथा कोशी प्रदेस स्काउट इटहरी आयुक्त डाक्टर बेणु प्रसाद सिटौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा  इटहरी उपमहानगर पालिका वडा न १७ कि वडा सदस्य  बिष्णु सोभा खडका, प्याब्सन सुनसरीका उपाध्यक्ष थानेश्वर ढकाल,डिभिएम स्कुलका साहयक प्रधानध्यपक नारायण सुबेदी लगायतको सहभागिता रहेको थियो ।