इटहरी । लायन्स क्लब अफ इटहरी र जिल्ला होटल तथा पर्यटन ब्यबसायि संघको संयुक्त आयोजनामा इटहरी १६ मा रहेको रामजानकी शान्ति बृद्ध आश्रममा आश्रित आमाहरु लाई   फलफूल तथा जुस बितरण गरिएको छ । 

क्लब र संघले  आश्रममा आश्राय लिरहेका बृद्धहरुका लागी केही सहयोग पुर्याउने उद्धेश्यले गुरु पुर्णिामाको अबसरमा  फलफूल तथा जुस उपलब्ध गराएको लायन्स क्लब अफ इटहरी र जिल्ला होटल तथा पर्यटन ब्यबसायि संघका अध्यक्ष तेज बहादुर पुरीले जानकारी दिए । WhatsApp Image 2024-07-22 at 12.11.49 (1) 1

 लायन्स क्लबका रिजन चियर पर्सन पितम्बर पोख्रेलको प्रमुख अतिथ्यमा भएको वितरण कार्यक्रममा  लायन्स क्लबका जोन चियरपर्सन  टंक फुयाल , पुर्ब अध्यक्ष दिनेस भट्टराई , बिमल पौडेल , फस्ट भिपि  डम्बर बस्नेत , सेकेन्ड  भिपि बम मानन्धर   ,थर्ड भिपि जिवन न्योपाने  ,सचीव  पेसल लम्साल ,संघका कोक्षध्यक्ष प्रकास महतो , सदस्य बाबुराम गिरि ,सागर  अधिकारी  दुई ओटै सस्थाका कार्यसमितिका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।