इटहरी । सुनसरीको इटहरी १६ स्थित बालग्राम टोल विकास समितिले शनिबार वर्ष २०८० को एसईई परिक्षामा उतिर्ण बिद्यार्थीहरुलाई बधाई, शुभकामना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
एसइइ उतिर्ण बिद्यार्थीहरुलाई सम्मान संगै देशभित्रै रोजगारीको शिर्जना र्गनुर्पने साथै नेपालमै उच्च शिक्षा हाशिल गरेर केहि र्गनका लागिपनी उत्प्रेरणा दिने उद्येश्यका साथ र्कायक्रमको आयोजना गरिएको हो ।
लायन्स क्लवमा आयोजित कार्यक्रममा उपस्थित बक्ताहरुले बिद्यार्थीहरुलाई स्कुल जिवनमै सामाजिक काममा सकिृय बनाइ नेपालमै रहेर रोजगारमुखी कामहरु गर्न उत्प्रेरित गर्नुपर्ने बताएका थिए ।
सो कार्यक्रममा बालग्राम टोल विकास समितिका सदस्यहरुका ५० जना छोरा छोरीहरु लाई प्रशंसापत्रले सम्मान गरिएको छ । दुई दशकभन्दा लामो समयदेखि शिक्षा क्षेत्रमा साथै विभिन्न संघसंस्थाहरूमा अग्रणी भूमिकामा रहेर समाजलाई योगदान पुर्याउॅंदै आएका हाल एडुटेक कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी इटहरीका अध्यक्ष एवम् शैक्षिक अभियन्ता चिरन्जिवि तिमल्सिनाले शिक्षाका बिषयम जानकारी गराएक थिए ।
कार्यक्रममा प्रहरी नायव निरिक्षक राजन खडकाले लागुऔषध दुव्र्यस्नी सम्बन्धी सचेतना सहित बिद्यार्थीहरुलाई यसको बेफाइदाबारे जानकारी गराएका थिए ।
कार्यक्रम बालग्राम टोल विकास समितिका अध्यक्ष देवी प्रसाद भट्टराईको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका वडा नं १६ का अध्यक्ष तेज नारायण चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्यकार मनु मञ्जिल ,कचना माविका प्रधानाध्यापक मातृका भट्टराई , डा.दिवाकर रेग्मी ,प्रहरी नायव निरिक्षक राजन खडका , व्यवसायी राजन तिम्सिना लगायतले बिद्यार्थीहरुलाइ उज्वल भविस्यको कामना सहित सुभकामना मन्तब्य राखेका थिए ।