लेटाङ । लेटाङ नगरपालिकाले स्थानिय उत्पानदको प्रवर्धन तथा बजारीकरणलाई नगरको बजेट, नीति तथा कार्यक्रममै राखेर नगरबासिको स्वास्थ्यलाई मध्यनजर गर्दै स्थानीय उत्पादनको परिकारलाई प्रवर्धन गर्न थालेको छ ।
लेटाङ नगरपालिकाले स्थानीय रैथानै वालीबाट उत्पादीत खाजालाई प्रवर्धन गर्न थालेको छ । स्वास्थ्यलाई समेत हानि हुने खाना खाजाको रुपमा खाने चलनलाई हटाउँदै लेटाङ नगरपालिकाले स्थानीय उत्पादनको परिकारलाई प्रवर्धन गर्न थालेको हो ।
लेटाङ नगरपालिकाले भर्खरै आयोजना गरेको नगरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक समारोहमा समेत स्थानीय बालीबाट उत्पादीत खाजा खुवाइएको थियो ।
कोशी प्रदशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा प्रमुख अतिथि अन्य अतिथिहरु लगायत कार्यक्रममा सहभागीहरु लेटाङ क्षेत्रमा उत्पादीत कोदोको रोटी, फापरको रोटी, गुन्द्रुक र टमाटरको अचार र लेटाङमै उत्पादन भएको चिया खुवाएर स्थानिय उत्पानदको प्रवर्धन गर्न नगरपालिकाले सुरु गरेको छ । 
कार्यक्रममा आउने पाहुनाहरुकालागि स्थानीय परिकार बनाउने जिम्मा लेटाङ ४ का वडासदस्य रंगबहादुर राई
सहितको टीमले कार्यक्रम बाटै सुरुगरेर लेटाङ हुने सबै कार्यक्रमा स्थानिय उत्पादनलाई खाजाको रुपमा प्रयोग गर्दा स्थानीय परिकारको प्रवर्धन पनि हुने र स्वास्थ्यलाई समेत राम्रो हुने भएकाले नगरपालिकाले अग्र्यानिक खाजा प्रवर्धन गर्न थालेको वडासदस्य राईको भनाइ छ ।
लेटाङ नगरपालिकाले स्थानीय रैथाने बालीको प्रवर्धन हुने तथा विद्यार्थीहरुको स्वास्थ्यलाई समेत ख्याल गरेर विद्यालयहरुमा पत्रुखाना रोक लागएको छ ।
नीतिगत रुपमा विद्यालयमा पत्रुखाना रोक लगाइएकोमा अब विस्तारै कार्यान्वयन गर्नेतर्फ अघि बढेको नगर प्रमुख भुपेन्द्र कुमार लावतीले बताए ।
यसैगरि नगरपालिकाले स्थानीय उत्पादनलाई प्रवर्धन गर्ने उद्देश्यका साथ कार्यक्रममा स्थानीय उत्पादनको प्रदर्शनी नै गरेको थियो ।
केराको दम्चाबाट धागो बनाउने प्रविधि भित्राएर खेर गएका केराको दाम्चा संकलन गरी मेसिन मार्फत धागो बनाएर विक्री गर्दै आएको तारा कृषि फर्म लेटाङ संचालक नरेश मंग्राती बताउछन ।
लेटाङ क्षेत्रमा मात्र पाइने खिम्ति धानको चामल, लेटाङको कफि, अग्र्यानिक मह, बाँसबाट निर्मित सामाग्रीहरु, सुपारीको पातबाट बनेका टपरीहरु, स्थानीय फापर, कोदो र मकैको पिठो, स्थानीय ढाकाका कपडा, जुत्ताचप्पल, स्थानीय अग्र्यानिक तरकारी लगायतका एक दर्जन बढी स्टल राखेर लेटाङ क्षेत्रमा उत्पादिन विभिन्न सामाग्रीहरु प्रदर्शनीमा राखिएको थियो ।




















