इटहरी । रोटरी क्लव अफ इटहरी र रोटरी क्लव अफ इटहरी युगलको संयुक्त कार्यक्रमका विच नयाँ कार्यसमितिको पदस्थापना सम्पन्न भएको छ ।

इटहरी उपमहानगर पालिकाका नगर प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यमा रोटरी क्लव अफ इटहरीको २८औं र रोटरी क्लव अफ इटहरी युगलको तेस्रो पदस्थापना कार्यक्रम सम्पन्न भएको हो ।

 होटल सोल्टीमा भएको पदस्थापना कार्यक्रममा रोटरी क्लव अफ इटहरीका निवर्तमान अध्यक्ष माधव न्यौपानेले वर्ष २०२४,२५ का अध्यक्ष कृष्णराज श्रेष्ठलाई पद हस्तान्तरण गरेका छन् । त्यसै गरी रोटरी क्लव अफ इटहरी युगलका निवर्तमान अध्यक्ष राजिव घिमीरेले वर्ष २०२४का अध्यक्ष श्रदा विष्टलाई पद हस्तान्तरण गरेका छन् ।

त्यस्तै उपाध्यक्षमा अरुण केसी सचिवमा केसव भट्टराई लगायत नयाँ कार्य समिती पदाधिकारीहरु लाई कार्यक्रममा सपथ खुवाएको थियो ।

 पदस्थापना कार्यक्रममा विभिन्न कार्यक्रमका संयोजकहरु लगायतलाई सम्मान गरेको छ ।WhatsApp Image 2024-07-21 at 18.27.09

रोटरी क्लवले सामाजिक क्षेत्रमा महत्वपुर्ण योगदान गर्न नेतृत्व सहि हुनुपर्ने बताएका हुन ।

साथै, क्लवलाइ भवन निर्माणको लागी पालिकाले सहयोग गर्ने यो क्लव समाज भित्र भएका मानिसहरुले चलाएका क्लवहो हरे सामराज्यको मुठि भित्र राख्ने भन्ने मानिसमा भ्रम छ यसलाइ कसरी चिर्छ यो भ्रमलाइ चिर्नको लागी जनस्तरमा जानुपर्ने र नैतिक रुपमा सहकार्य  र सहयोग गर्ने पनि बताए ।

 इटहरीलाइ आर्थिक सामाजिक शैक्षिक सास्ंकृतिक स्वास्थ्य आदी क्षेत्रको विकास गर्ने इटहरी उप महानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलले प्रतिवद्धता जनाए ।

अहिलेको कार्य समितिले यो वर्ष हुने  विभिन्न कार्यक्रमहरुको सार्वजनिक गर्दै आगामी वर्षमा आफ्नै भवनमा कार्यक्रम संचालन गर्ने रोटरी रन गर्ने यसमा ५ सय जनाको सहभागी हुने र विभिन्न सामाजिक क्षेत्रमा काम गर्ने अध्यक्ष कृष्णराज श्रेष्ठले बताए ।vlcsnap-2024-07-21-18h42m13s988

कार्यक्रममा व्याडमिन्टनका क्षेत्रमा श्रोत साधन र पुर्वाधारको अत्यन्तै कठिन अवस्थामा पनि महत्वपूर्ण योगदान गरी इटहरी क्षेत्रका जनता र समाजलाई खेलकुद र संगीतको क्षेत्रमा निरन्तर कार्यको उच्च मुल्याकंन गर्दै संगीत साधना प्रतिष्ठान इटहरीका सस्थापक  अध्यक्ष तथा  इटहरी ब्याडमिण्टन क्लबका अध्यक्ष  मणीराज गुरुङलाई यो वर्षको भोकेस्नल अवार्डद्धारा सम्मान गरिएको हो ।vlcsnap-2024-07-21-18h32m26s365

सो कार्यक्रममा क्लवले वर्षभरी गरेका सामाजिक कार्यको  प्रतिवेदन रोटरी क्लव अफ इटहरीका सचिव केसब भट्टराईले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा रोटरी क्लवका पुर्व अध्यक्षहरु राजेश श्रेष्ठ,अनन्त विष्ट ,लक्ष्मी धिताल,लक्ष्मी थेवे,अनिता अधिकारी,विजु बहिनी श्रेष्ठ,,किवानिस क्लब इटहरीकी अध्यक्ष मनिता तामाङ लगायत छिमेकी जिल्लाका रोटरीका अध्यक्षहरु विभिन्न संघ ,सस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।