इटहरी । महिलाहरु लक्षित स्वरोजगार बनाइ आय आर्जनमा सहज बनाउने उदेश्यले लायन्स क्लब अफ इटहरी मनकामना र लियो क्लब अफ मनकामनाको आयोजनामा ५ दिने कृष्टल माला पोते बनाउने तालिम सुरु भएको छ ।
ईटहरी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको मनकामना मन्दिरको सभाहलमा भएको उद्घाटन कार्यक्रम हलेसी महादेव मिडियाको सम्योजनमा भएको कार्यक्रममा घरमै बसिरहेका महिलाहरुलाई लक्षित आत्मनिर्भर भइ रोजगार सिर्जना गर्ने उद्धेश्यले ५० जना महिलाहरुका लागी सिप मुलक तालिमको आयोजना गरेको लायन्स क्लब अफ इटहरी मनकामनाकी अध्यक्ष भारती श्रेष्ठले बताइन ।
ग्रीन एरा टेनिङ्ग सर्भिसेजकी प्रशिक्षक रेनुका गुरागाँईले प्रशिक्षण दिइरहेकी छिन ।
भारती श्रेष्ठको अध्यक्षता तथा लायन्स डिष्ट्रिक ३२५ सी रिजन चियर पर्सन पिताम्बर पोख्रेलको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा जोन चियर पर्सन कमला कार्की थापा , लायन्स क्लब अफ मनकामना इटहरीकी सस्थापक अध्यक्ष सुमि थापा, भिम प्रसाद पाण्डे, लियो क्लब अफ इटहरी मनकामनाकि अध्यक्ष प्रतिभा अधिकारी ,इटहरी वडा नम्बर ४ की महिला सदस्य दिल बराइली , लायन्स क्लब अफ इटहरी मनकामनाकी सचिव बिजया प्याकुरेल लगायतको सहभागिता रहेको थियो ।