यही असार १५ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको फिल्म ‘परस्त्री’को टिमले दुई देशमै प्रचार(प्रसारलाई तीव्रता दिइएको छ । यस फिल्मको ट्रेलरमा समावेश चुम्बन र बेडसिनको चर्चा नेपालसँगै भारतमा समेत भैरहेको छ भने, यतिबेला फिल्मका निर्देशक सुरज पाण्डे, निर्मात्री शर्मिला पाण्डे, अभिनेत्री शिल्पा मास्के र अभिनेता गौरव विष्ट बलिउड नगरी मुम्बईमा छन् ।


दुवै देशमा कतिपयले फिल्म चलाउनलाई बोल्ड सिन जबर्जस्ती राखिएको टिप्पणी गरेका छन् । तर, निर्देशक पाण्डे यो कुरालाई ठाडै अस्वीकार गर्छन ।आइतबार भारतीय मिडियासँग अन्तरक्रिया गर्ने क्रममा निर्देशक पाण्डेले फिल्ममा जबर्जस्ती बोल्ड सिन नराखेको प्रष्टीकरण दिए । ‘कथाले मागेपछि बोल्ड सिन राखेका हौं । फिल्म चलाउनका लागि बोल्ड सिन राखेका होइनौं,’ उनले जनाए ।फिल्म बनाउनु आफैंमा चुनौतीपूर्ण काम रहेको बताउँदै उनले ‘परस्त्री’मा उठाएको विषय झनै चुनौतीपूर्ण रहेको बताए । फिल्ममा रोमान्स, लभ, थ्रिल, एक्सन, ग्ल्यामर सबै रहेको उनको दाबी छ । फिल्मले समाजलाई सन्देश पनि दिने उनी बताउँछन् । ट्रेलरले नेपाल र भारतमा सकारात्मक प्रतिक्रिया प्राप्त गरेकाले फिल्म दुवै देशमा व्यावसायिक रुपमा सफल हुने विश्वास सुरजको छ ।