इटहरी/ इटहरी उप–महानगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संस्था  थप दुईदिन बिदा दिने निर्णय गरेको छ। प्रतिकूल मौसमका कारण उप–महानगरले आज र भोलि बिदा दिने निर्णय गरेको हो।

अत्याधिक चिसो बढ्न थालेपछि बिद्यालयको पठनपाठनलगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै बिद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै उपमहानगरले माघ ७ आईतबार र ८ गते सोमबार बिदा दिने निर्णय गरेको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले बताउनुभयो।

उप महानगरपालिका क्षेत्रभित्र सञ्चालित निजी तथा सामुदायिक बिद्यालयको पठनपाठन  बन्द गर्ने निर्णय गरिएको नगर प्रमुख पौडेलले बताउनुभयो ।