सुनसरी । सुनसरीका सामुदायिक विद्यालय व्यवस्थापन समितिहरुको छाता संस्था विद्यालय व्यवस्थापन समिति महासंघको सुनसरी जिल्ला सम्मेलन फागुन १२ गते हुने भएको छ । धरानमा महासंघका कोशी प्रदेश सचिव हरीबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको जिल्लाका स्थानीय महासंघका अध्यक्षहरुको बैठकले सबै सामुदायिक विद्यालयको हित हुने गरि महासंघ सुनसरीको जिल्ला सम्मेलन फागुन १२ गते गर्ने निर्णय गरेको हो । महासंघ गठन भएका सबै स्थानीय तहका अध्यक्ष तथा पदाधिकारीको बैठकले जिल्ला सम्मेलन फागुन १२ गते गर्ने निर्णय गरेको जनाएको छ ।IMG-20240114-WA0004

पहिलो जिल्ला सम्मेलन हुने भएकाले मुल आयोजक समिति कोशी प्रदेश महासंघ रहने छ भने जिल्ला सम्मेलन व्यवस्थापन उपसमिति रुद्र बहादुर बस्नेतको अध्यक्षतामा ११ सदस्य समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा विवेक राई र सचिवमा ओम गौतम रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा इनरुवा अध्यक्ष जयकृष्ण यादव, गढी अध्यक्ष शिवशंकर यादव, हरिनगर अध्यक्ष युवक मुखिया, रामधुनीका गंगाबहादुर राउत, कमला लिम्बु, कमला कार्की, बराहक्षेत्रका यादव गौतम रहनुभएको छ । बैठक महासंघका केन्द्रिय सचिव काशीनाथ दंगालको प्रमुख आतिथ्यतामा भएको थियो बैठकमा बोल्दै दंगालले सामुदायिक विद्यालयलाई साच्चैको विद्यालय जस्तो र शैक्षिक गुणस्तर भएको विद्यालय बनाउन महासंघको भुमिका रहने बताउनुभयो ।  बैठकमा जुग्नु उराँव, हरिहर प्यारा श्रेष्ठ, दिपा श्रेष्ठ , पब्लिक हाई स्कूलका प्रधानाध्यापक इन्द्रमोहन झा, चपडाही आधारभुत विद्यालयका प्र.अ. अरुण साह सोनारको समेत सहभागिता रहेको थियो ।IMG-20240114-WA0006