मोरङ। दिनप्रतिदिन जाडो बढी रहेको समयमा विपन्न परिवारहरुलाई लक्षित गरी मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर २ मा एसडिए चर्च नेपाल कोशी प्रदेश समितिले न्यानो कपडा वितरण गरेको छ ।  नेकपा एकीकृत समाजवादीका कोशी प्रदेश सचिव महेश रेग्मीको प्रमुख आतिथ्यमा विपन्न परिवारलाई लक्षित गरि एसडिए चर्च नेपाल कोशीले न्यानो कपडा वितरण गरेको हो ।  कपडा वितरण कार्यक्रमका प्रमुख अतिथी नेकपा एकीकृत समाजवादीका नेता रेग्मीले जाडो वढी रहेको समयमा विपन्न परिवारलाई न्यानो कपडा वितरण गर्ने कार्य राम्रो भएको वताए ।

चर्चकी कोशी प्रदेश समिति अध्यक्ष एलिया सेन्चुरीको अध्यक्षता रहेको न्यानो कपडा वितरण कार्यक्रममा ग्रामथान गाउँपालिका वडा नम्बर २का एक सय परिवारलाई ब्लांकेट वितरण गरिएको सो चर्चका कोशी प्रदेश समितिका महासचिव राजेश भण्डारीले जानकारी दिए ।  न्यानो कपडा वितरण कार्यक्रममा मुसहर तथा थारु समुदायका मानिसहरुको उल्लेखनीय सहभागिता रहेको थियो । न्यानो कपडा वितरण कार्यक्रममा ग्रामथान गाउँपालिका वडा नम्बर २का वडाध्यक्ष  यादब खतिवडा लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।412529091_272574542473987_2476045007005017195_n414016756_272976102433831_5921421248655250206_n