इटहरी । स्वतन्त्र विद्यार्थी युनियन जनता वहुमुखी क्याम्पस इटहरीको आयोजनामा अन्तर सेक्सन स्तरीय  हाजिरी जवाफ प्रतियोगितामा शिक्षा संकाय विएड तेस्रो वर्षका विद्यार्थीहरु प्रथम भएका छन । हाजिरी जवाफ प्रतियोगिता अन्तरगत विएड चौथो वर्ष दोस्रो तथा विएड दोस्रो वर्ष सेक्सन एचका सहभागीहरु तेस्रो बन्न सफल भएका हुन ।

 विभिन्न संकाय तर्फ विभिन्न तह  र सेक्सनका एउटा समुहमा तीन जना विद्यार्थीहरुको सहभागिता रहेको हाजिरी जवाफ प्रतियोगितामा कुसुम बस्नेत ,मनिका निरौला र राम कार्की रहेको विएड तेस्रो  वर्ष प्रथम गिस्मन आचार्य, नम्रता ढुंगाना र रोजिना थापा रहेको विएड चौथो वर्ष दोस्रो र ऐश्वर्या सेन , गुणराज सिग्देल र केनाम राई रहेको विएड दोस्रो वर्ष सेक्सन एच तेस्रो बनेको हो । जनता वहुमुखी क्याम्पस इटहरी स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष सहदेव काफ्लेको अध्यक्षतामा भएको हाजिरी जवाफ प्रतियोगितामा क्याम्पसका सञ्चालक समिति सदस्य विकल रेग्मी सहायक प्रमुख डा.टोलनाथ काफ्ले क्याम्पसका लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।