इटहरी, आबाल ब्रह्मचारी षडानन्द बालागुरुको १८९  औं जन्म जयन्ती इटहरीमा मनाइएको छ ।नेपालका प्रसिद्ध समाजसेवी, आबाल ब्रह्मचारी , शिक्षाप्रेमी व्यक्ति षडानन्द अधिकारी लाई आबाल ब्रह्मचारी षडानन्द स्मृति प्रतीष्ठान इटहरीले एक कार्यक्रम गरी उनलाई सम्झीएको हो  । सो अवसरमा  शिक्षाका ज्योति १०८ आबाल ब्रह्मचारी षडानन्द बालागुरुको १८९  औं जन्म जयन्तीको उपलक्ष्यमा ९४ वर्षीय पण्डित देवीप्रसाद दाहाल लाई सम्मान गरीएको छ ।

आबाल ब्रह्मचारी षडानन्द बालागुरुले वि.सं. १९३२ मा स्थापना गरेको षडानन्द संस्कृत पाठशाला दिड्लामा अध्ययन गरी त्यही विद्यालयमा प्रधानाध्यापक समेत भई संस्कृत बाङ्मयको श्रीवृद्धिमा जीवन समर्पण गरेको भन्दै  दाहाल लाई सम्मान गरीएको हो ।vlcsnap-2023-12-17-17h14m52s356 उक्त कार्यक्रमका प्रमुख अतिथी  नेपाल सरकारका पुर्व उद्योग वाणिज्य तथा आपुर्ती सहायक मन्त्री मुकुन्द वहादुर वस्नेतले आबाल ब्रह्मचारी षडानन्द बालागुरुले शिक्षा क्षेत्रीमा ठुलो योगदान गरेको भन्दै शिक्षाका ज्योतिको रुपमा  बालागुरु षडानन्द अधिकारी लाई आफुले दिएको बताए । सम्मान कार्यक्रममा बालागुरुका सुकीर्तिको चर्चा समेत गरीएको कार्यक्रम संयोजक बल्लभ पोखरेलले जानकारी दिए । 

पूर्वी नेपालको भोजपुर जिल्लामा संस्कृत पाठशाला स्थापना गर्ने कार्यका लागि आबाल ब्रह्मचारी षडानन्द बालागुरु प्रसिद्ध रहेको प्रतीष्ठानका अध्यक्ष कुष्ण प्रसाद अधिकारीले जानकारी दिए ।  भोजपुरमा सती प्रथाको अन्त्य, छुवाछुतको विरोध गरेर गुरु षडानन्दले समाज सुधारमा पनि ठुलो योगदान रहेको प्राध्यापक डाक्टर वद्रिविशाल पोखरेलले बताएका छन  । पूर्वी नेपालको भोजपुर जिल्लामा संस्कृत पाठशाला स्थापना गर्ने कार्यका लागि आबाल ब्रह्मचारी षडानन्द बालागुरु प्रसिद्ध छन् । भोजपुरमा सती प्रथाको अन्त्य, छुवाछुतको विरोध गरेर गुरु षडानन्दले समाज सुधारमा पनि ठुलो योगदान रहेको थियो  ।