इटहरी । हत्या गरिएकी इटहरीकी मधुमाया पुरीको परिवारलाई नेपाल दशनामी समाजको तर्फबाट आर्थिक सहयोग गरिएको छ ।

   नेपाल दशनामी समाजका तर्फबाट इटहरी उपमहानगरपालिका वडा नम्बर २मा रहेको मृतक मधुमायाको घरमै पुगेर परिवारलाई ५५हजार रुपैया सहयोग गरिएको हो ।

 शोकमा रहेका पुरी परिवारलाई भेटी नेपाल दशनामी समाजका केन्द्रीय उपाध्यक्ष तेजवहादुर पुरी , केन्द्रीय सदस्य नविन गिरी , पुर्व केन्द्रीय सदस्य रामकुमार गिरी ,जिल्ला अध्यक्ष गोविन्द पुरी , इटहरी अध्यक्ष कुमार गिरी लगायतले सहयोग रकम हस्तान्तरण गरेका हुन । नेपाल दशनामी समाज इटहरीका सदस्य मुनाल पुरीकी आमा मधुमाया पुरीको हत्यारालाई कडा कारवाहीको समाजले माग समेत गरेको छ । केही दिन अघि छिमेकीले खुकुरी प्रहार गरी मधुमायाको हत्या गरेको थियो ।