रोबोटिक्स प्रदर्शनी बुढीगंगा÷ विराटनगर

विराटनगर, २२ मंसिर । 

मोरङको बुढीगंगा गाँउपालिका वडा नं. २ स्थित जेभियर इंगलिश स्कुलका ९ कक्षाका छात्र छात्राहरुले ग्याँस लिक भएमा आफै बत्ती बल्ने यन्त्र बनाएका छन्  । 

 कोशी प्रदेशमा पहिलो पटक दुरशिक्षा एजुकेशनको सहयोगमा जेभियर इंगलिश स्कुलले कोडिङ, रोबोटिक्स र एआईको पठनपाठन शुरु गरेको हो ।  पछिल्लो समय रोबोटिक्स र आर्टिफिसियल इन्टेलिजेन्स जस्ता विषयमा बालबालिकाहरुको ध्यानाकर्षा गराउन विभिन्न विद्यालयले कोडिङ, रोबोटिक्स र एआई बारे पठनपाठन नै शुरु गरेका छन ।

सो विद्यालयको कक्षा ३ देखि कक्षा १० सम्मको बालबालिकाहरुलाई रोबोटिक्स बारे शिक्षा दिने तयारी गरिएको  विद्यालयका प्रिन्सिपल परेश पोखरेलले जानकारी दिए । उनले २१ औं शताब्दीमा प्रविधि विनाको शिक्षाबाट सक्षम जनशक्ति उत्पादन हुन नसक्ने भएकाले कोडिङ, रोबोटिक्स र एआई सम्बन्धी कक्षा संचालन थालिएको बताए । 

  शुभारम्भ कार्यक्रममा विद्यालयका बालबालिकाहरुले ५ दिनमा तयार पारेका विभिन्न यन्त्रहरु प्रदर्शन गरिएको थियो ।