धरान । भगवान बुद्धको उपदेश र संदेश संगित मार्फत प्रवाह गर्दै आएको ज्ञानमाला संघ सुनसरीले रजत जयन्ती मनाएको छ ।b भिक्षु कौण्डन्य महास्थविरबाट २५ दीप प्रज्वलन, बौद्ध झन्डोत्तोलन शान्ति पदयात्रा गरेर उदघाटन गरिएको रजत जयन्ती दुई दिन बुद्ध उपदेश र संदेश सहितको कार्यक्रम गरि मनाइएको हो  ।

संगीत मार्फत बुद्धको उपदेशलाई छर्दै आएको ज्ञानमाला संघले स्थापना कालदेखि नै बुद्धको उपदेशलाई संगीतका माध्यमबाट विश्वमा फैलाउदै आएको छ । सो अवसरमा ‘बुद्धको शान्ति सन्देश’ शीर्षकको ज्ञानमाला भजनको भिडियो संग्रह विमोचन समेत गरियो  ।

भिक्षु कौण्डनयबाट धर्म देशना, ज्ञानमाला भजन खलहरूबाट भजन प्रस्तुति, बुद्ध पूजा, भन्ते गुरुमाहरू, उपासक उपसिकाहरूलाई भोजन दान, भजन,दीपावली पनि रजत जयन्तीका अवसरमा गरियो  । त्यसै गरी  संघको संरक्षिका निलकुमारी स्थापित, प्रथम उपाध्यक्ष धर्मकुमारी मोक्तान, द्वितीय उपाध्यक्ष आशा योञ्जन, कोषाध्यक्ष ज्ञानलक्ष्मी श्रेष्ठ, कार्यकारिणी सदस्य बुद्धलक्ष्मी श्रेष्ठ, सल्लाहकार बुद्धराज मोक्तान, सङ्गीत गुरु सन्दीप प्रधानलाई सम्मान गरिएको थियो । गीत संगीतका माध्यमबाट बुद्धको उपदेशलाई सबै सामू पु¥याउने मुख्य उद्धेश्यले संघको स्थापना गरिएकोे ज्ञानमाला संघकी केन्द्रीय अध्यक्ष रमना श्रेष्ठले जानकारी दिइन । संघको स्थापनाकाल देखि हाल सम्म १ सय ३० वटा ज्ञानमाला भजन निर्माण गरिसकेको छ ।