इनरुवा ।  कोशी प्रदेशको उद्योग,कृषि तथा सहकारी राज्य मन्त्री राम प्रसाद महतोलाई बाल मन्दिर माध्यमिक विद्यालय इनरुवा २ ले  सम्मान गरेको छ ।  इनरुवा २ निवासी महतो केही दिन अघि विस्तारित हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा राज्य मन्त्रीमा नियुक्त भएकोमा बाल मन्दिर माविले सम्मान गरेको हो ।  सुनसरी क्षेत्र नम्बर २ प्रदेशसभा  २बाट नेकपा एमालेका तर्फबाट निर्वाति महतो राज्य मन्त्री भएकोमा  बाल विधालय व्यवस्थापन समिति अध्यक्ष सुरेन्द्र मेहता र प्रधानाध्यापक सत्य नारायण महतो लगायतले सम्मान गरेका हुन । सम्मान कार्यक्रममा राज्य मन्त्री महतोले  कृषि ,शिक्षा, स्वास्थ्य,  खानेपानी लगायतका क्षेत्रमा  ध्यान दिएर काम गर्ने वताए । सम्मान कार्यक्रममा  कार्यक्रममा जनता मावि हातिमुडाका पूर्व प्रधानाध्यापक तेज नारायण मेहता, जनता मावि सिगियाका प्रधानाध्यापक धनिकलाल मेहता, विधालय व्यवस्थापन समिति महासंघ इनरुवाका अध्यक्ष जयकृष्ण यादव, विधालयका शिक्षकहरु, विधालयका व्यवस्थापन समिति सदस्य, अभिभावक विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।