इटहरी । बालबालिकामा इन्टरनेटको पहुँच बढेसँगै अनलाइनमार्फत हुने यौन दुर्व्यवहार हुने गरेको कानुन व्यवसायीहरुले बताएका छन  । फेसबुक, म्यासेन्जर, टिकटक, युट्युब, भाइवर, ह्वाटसअप, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल तथा अनलाइन भिडियो गेममार्फत बाल यौन दुर्व्यवहार हुने गरेको भ्वाइस अफ चिल्डेन इटहरीको आयोजनामा कानुन व्यवसायीहरु सँग भएको अन्तरक्रियामा सहभागीहरुले यस्तो बताएका छन ।

भ्वाइस अफ चिल्ड्रेन इटहरीको कार्यक्रम अधिकृत  लिला भुजेलले अनलाइनबाट हुने बाल यौन दुर्व्यवहारमा बालबालिकाको शारीरिक, मानसिक, शैक्षिक, नैतिक, सामाजिक विकास तथा अवस्थामा असर पर्ने गरेको विभिन्न अध्ययनले देखाएको बताइन ।382614382_1304861623472319_6275223153691244603_n

  सहजकर्ता तथा कानुन व्यवसायी सरोज गिरीले  नेपालमा १० देखि १८ वर्ष उमेर समूहका बालबालिका अनलाइन दुराचारीको फन्दामा पर्ने गरेको बताउनभयो । उहाँले अनलाइन दुराचारीले बालबालिकालाई पहिला साथी बनाउने र त्यसपछि उनीहरूका यौनजन्य सन्देश, भिडियो, नग्न फोटो, भिडियो माग्ने र त्यही कुरा प्रयोग गरेर धम्क्याउने, फकाउने, लोभ देखाउने लगायतका विभिन्न तरिकाबाट दुर्व्यवहार गर्ने गरेको जानकारी दिनुभयो । बालबालिकालाई इन्टरनेट र स्मार्ट उपकरणको सुविधा मात्र दिने गरेको तर उनीहरूले के—कस्ता सामाग्री हेर्ने गरेका छन् भनेर निरीक्षण नगर्ने गरेकोले यसतर्फ अभिभावक सचेत रहनुपर्ने बताउनुभयो ।