इटहरी । इटहरीमा रहेर पुर्व क्षेत्रमा शैक्षिक तथा अतिरिक्त क्रियाकपालका क्षेत्रमा नाम कमाएको सुषमा गोदावरी कलेजले एक कार्यक्रमको आयोजना गरी कक्षा ११का विद्यार्थीलाई स्वागत गरेको छ ।

       कलेजका अध्यक्ष राजेश श्रेष्ठको अध्यक्षता तथा राहुल रायको संयोजकत्वमा कक्षा १२का विद्यार्थीले विभिन्न कार्यक्रमको आयोजना गरी कक्षा ११का विद्यार्थीलाई स्वागत गरेका हुन ।WhatsApp Image 2023-09-22 at 19.11.21

   सो अवसरमा कक्षा १२का विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमको आयोजना समेत गरेका थिए । विद्यार्थीले विभिन्न गित तथा नृत्य प्रस्तुत गरेका थिए । त्यसै गरी कक्षा ११का विद्यार्थीको सहभागितामा मिस्टर एण्ड मिस सुषमा प्रतियोगिता आयोजना गरियो । प्रतियोगिताका निर्णायकहरुमा रोनिश राउत , मेरिना तुम्सा लिम्बु , दिपक गिरी , आसिका रायमाझी , रोनक अग्रवाल रहेका थिए । मिस्टर तथा मिस सुषमा बन्न सफल विद्यार्थीलाई पुरस्कृत गरियो । कार्यक्रममा कलेजका निर्देशकद्धय पेशल पोखरेल, सुकदेव घिमीरे ,विद्यार्थी अभिभावक लगायतको सहभागिता रहेको थियो ।