गछीयाबाट धरान जाने क्रममा ५० वर्षीय एक महीला हराएको हुदा भेट्नुहुनेले सम्पर्क गरीदीनहुन आफन्तले आग्रह गरेका छन । बोल्न नसक्ने अवस्थाकी रातो वर्णकी निल कुमारी राइ यही श्रावण ९ गते शनीवार गछीयाबाट धरान आउने क्रममा हराएको जनाइएको छ । कानेपोखरी ५ जहदा मोरङ घर भएकी नील कुमारी राइ धरानको बस चढेर गएकोमा धरानसम्म पुगेको वा बीचबाटोमै ओर्लीएर बाटो भुलेको भन्ने पत्ता लागेको बताइएको छ । 

नीलकुमारी राइलाइ भेट्ने जोकोही ९७६२९८०९९०,  ९८१९०४३९९२ मा सक्पर्क गरीदीन आग्रह गरीएको छ ।