इलाम । इलामको फाकफोकथुम र सिक्कीमबीच पर्यटकीय साईनो गाँसीने भएको छ । इलाम घुम्न निम्तो दिन सिक्कीम पुगेको जनप्रतिनिधि र सिक्कीमबासीकाबीच पर्यटकीय साईनो बुन्ने सहमति भएको हो । इलामको फाकफोकथुम र सिक्किमको प्राकृतिक, धार्मिक, सांस्कृतिक महत्व बोकेको गेलिङधामबीच पर्यटकीय मितेरी साईनो स्थापित हुने भएको छ । पर्यटनको प्रचार गर्न भारतको सिक्किम पुगेको गाउँपालिकासहितको टोलिले पश्चिम सिक्किमको गेलिङ पुगेर इलामको पर्यटकीय आकर्षणबारे प्रचारप्रसार गरेको थियो ।

सिक्किम आहिले तीर्थस्थल  र  गेलिङधामले प्रसिद्ध छ । यता पालिकाका अध्यक्ष दिपेन्द्र खनालले भारतमा गुरु ज्ञानदिल दासको धेरै चर्चा रहेको भएपनि गुरुको जन्म भुमि आमचोक भने गुमनाम जस्तै रहेकाले यसैको प्रचार गर्ने उद्देश्य पालिकाको रहेकोे छ । सन्त गुरु ज्ञानदिल दासको जन्म भूमि इलामको फाकफोकथुम गाउँपालिकामा पर्ने आमचोक र समाधिस्थल रहेको सिक्किमको गेलिङसँग समन्ध जोड्न दुवै क्षेत्रका सन्त गुरु ज्ञानदिल दास सम्बन्ध संस्था सहमत भएका छन् ।  यता फाकफोकथुम गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष दिपेन्द्र लिम्बुले फाकफोकथुम धार्मिक हिसाबमा महत्वपूर्ण रहेको बताए  ।

ज्ञानदिल दास जोसमनी धार्मिक–आध्यात्मिक जागरण र अभियानका सन्तकवि हुन् । इलामको आमचोक जोरधार भन्ने ठाउँमा जन्मीएका उन्ले सामाजिक व्यवस्था, जातीय असमानता, लिंगीय विभेदका विरूद्ध विद्रोह गरेको पाइन्छ । ज्ञानदिल दास जोसमनी सन्त परम्पराको प्रचार–प्रसार गर्दै विभिन्न ठाउँ पुगेर लोकप्रियता प्राप्त गर्ने सन्तकवि ज्ञानदिल दासले जीवनको पूर्वाद्ध नेपालमा र उत्तराद्र्ध दार्जिलिङ र सिक्किममा बिताएका थिए ।