इटहरी/  पूर्वकै शैक्षिक केन्द्रको रूपमा स्थापित जनता बहुमुखी क्याम्पस निजी कलेज भन्दा सस्तो र गुणस्तरीय शिक्षाको निम्ति विद्यार्थीको रोजाइमा पहिलो गन्तव्य बनेको छ ।  सामुदायिक क्याम्पस भएर पनि अन्य निजी स्तर बाट सञ्चालित शैक्षिक संस्थाहरू भन्दा धेरै विद्यार्थीको चाप भएको यो जनता बहुमुखी क्याम्पस इटहरी र आसपासका पहाडी जिल्लाबाट आएका विद्यार्थीहरूको अध्ययन गर्ने शिक्षण संस्था जनता बहुमुखी क्याम्पस बन्दै गएको छ ।  पूर्वका पहाडी जिल्लाबाट अध्ययनका लागि मधेस झर्ने विद्यार्थीको पहिलो गन्तव्य पनि इटहरी नै बनेको छ। इटहरीका शैक्षिक संस्थामध्ये एकमात्र सामूदायिक जनता बहुमुखी क्याम्पस स्थापित छ। स्नातकोत्तर तह सम्म पढाई हुने क्याम्पसमा विद्यार्थीको आकर्षण बढ्दो छ। 

राम्रो नतिजासँगै खुल्ला शैक्षिक वातावरणका कारण विद्यार्थी कलेज तर्फ आकर्षित भएका छन् ।  जनता कलेजमा  विद्यार्थी सङ्ख्या मात्र हैन परीक्षाको परीक्षाफल पनि राम्रो छ ।  क्याम्पसले क्युएए मान्यता प्राप्त गरेपछि क्याम्पसमा अध्ययन गर्न चाहने विद्यार्थीको सङ्ख्या तीव्र बढ्दै गएको छ । पूर्वका कलेजहरू मध्येमा यो कलेजको शैक्षिक विकास राम्रो देखिन्छ । कुनै समय राजनीति को छायाँले छोपेको यो क्याम्पस अहिले भने शैक्षिक हवको रूपमा स्थापित भएको छ । पढाई राम्रो हुन थालेपछि विद्यार्थी नतिजा पनि राम्रो देखिन थालेको छ । जनता बहुमुखी क्याम्पसबाट कक्षा १२ मा सर्वोकृष्ट नतिजा ल्याउन सफल भएकी मल्लिका बास्तोलालाई क्याम्पस सञ्चालक समितिले सम्मान गरेको छ । उनले ३.६६ जिपिए ल्याएर यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा उतर्णि गरेकी हुन् । व्यवस्थापन सङ्काय अध्ययन गरेकी उनले उत्कृष्ट परीक्षाफल समेत प्राप्त गरेकी हुन् । उत्कृष्ट नतिजा ल्याउन सफल मल्लिका बास्तोलाले आफ्नो र शक्षिकहरुको मेहनतले राम्रो नतिजा ल्याउन सफल भएको बताएकी छन् । साथै उनले बबिएिसबाट स्नातक तह जनता बहुमुखी क्याम्पसबाटै अध्ययन गर्ने र अरूलाई पनि जनता कलेज नै रोज्न अपिल गरेकी छन् ।JMC-692x375

नता बहुमुखी क्याम्पस सञ्चालक समितीका पदाधिकारी तथा क्याम्पसका प्राध्यापकहरूको उपस्थितिमा उनलाई  सम्मान गरिएको छ । उनले प्राप्त गरेको उत्कृष्ट नतिजाबाट जनता बहुमुखी क्याम्पसमा राम्रो शैक्षिक वातावरण रहेको उदाहरण पुष्टि भएको क्याम्पस सञ्चालक समितीका अध्यक्ष विकास केसीले बताएका छन् । उनले उत्कुट अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई कलेजले सम्मान सहित छात्रवृत्ति प्रदान गर्ने जानकारी दिए । 

जनता बहुमुखी कलेजलाई कोशी प्रदेशकै उत्कुट जनशक्ती उत्पादन गर्ने र शौक्षीक गुणस्तर पाप्त गर्ने कलेजको रुपमा स्थापीत गरेर आफ्नो कार्याकाल सफल बनाउने निरीक्षण,सुपरिवेक्षण तथा शैक्षिक व्यवस्थापन समिति संयोजक शिबराज दाहाल ले बताए । देशकै उत्कुट कलेज बनाउन विधार्थी अभिभावक सँग अन्तरक्रिया छलफल गर्दै सरोकारवाला तथा विभिन्न क्षेत्रका विज्ञहरुको सल्लाहमा जनता कलेज लाई गुणस्तरीय र व्यवहारिक शिक्षा प्रदान गर्ने शैक्षीक सस्थाको रुपमा स्थापीत गर्ने दाहलको भनाइ छ  । दाहलले भने हाम्रो समितीले गुणस्तरीय शिक्षा दिनका लागी   नियमित निरीक्षण, सुपरिवेक्षण गर्ने छ ।

जनता कलेज  सिकाइ केन्द्रित शिक्षण मार्फत विद्यार्थीमा सीप र दक्षता वृद्धि गर्न लागिपरेको छ । जनता कलेजले विभिन्न निजी तथा सरकारी संस्थानका लागि योग्य जनशक्ति उत्पादनमात्र गरिरहेका छैन, विद्यार्थीमा उद्यमशीलता विकास गराउने कार्यक्रम पनि सञ्चालन गरिरहेका छ । आमसञ्चार तथा सूचना प्रविधि विषयको पढाइ गर्ने  अधिकाशं विद्यार्थीहरु अध्यररतरहदा रहदै रोजगारी प्राप्त गरीसकेका छन  । कलेज प्रमुख गिता अधिकारी भन्छीन्, ‘विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र थमाउने होइन, कसरी सीपयुक्त जनशक्ति उत्पादन गर्ने भन्नेमा कलेजको पढाइ केन्द्रित रहेको छ । कलेजले विद्यार्थीको समग्र विकास गर्ने रणनीति बनाएर स्नातक तहको कार्यक्रम सञ्चालन गरिरहेका छ । यस्तै अनुसन्धान कार्यमा सहभागी गराएर विद्यार्थीको सीप र क्षमता विकास गराउँदै आएका छ । 

  राम्रो शैक्षिक नतिजा र असल शैक्षिक वातावरणले जनता कलेज प्रति विद्यार्थीहरूको आकर्षणमा पर्ने गरेको छ । राम्रो नतिजाको कारण विद्यार्थीहरू कोशी प्रदेश  बाहिरबाट पनि आउने गरेको कलेजले जनाएको छ ।  अध्ययन सँगसँगै आफू भित्रको प्रतिभालाई पनि बाहिर उजागर गर्न चाहने विद्यार्थीहरूको लागि पहिलो रोजाई मा जनता कलेज पर्ने गरेको छ । दक्ष र अनुभवी शिक्षक शिक्षिकाले अध्यापन गराउने यो कलेजमा अनुभवी र दक्ष प्राध्यापक रहेका छन् ।  यती वेला  जनता बहुमुखी क्याम्पस इटहरीमा वि वि एस, वि एड , विए , को इन्ट्रान्सको लागी आवेदन खुलेको छ । कलेजमा विद्यार्थीहरूको आकर्षण बढेसँगै पहिलो इन्ट्रान्स भदौ आठ गते गर्ने कलेजले जानकारी दिएको छ ।  गुणस्तर सुनिश्चितता प्रत्यायन  प्रमाणपत्र प्राप्त गरेको जनता कलेजमा नयाँ व्यवस्थापन समिती आएसँगै सवैमा आशा जाग्न थालेको छ । 

कलेजमा एकदमै अनुभवी प्राध्यापकहरु हुनु, विद्यार्थीको लागि उपयुक्त वातावरण हुनु विद्यार्थी केन्द्रीत विधिद्धारा शिक्षण सिकाई क्रियाकलाप संचालन हुनु, पुस्तकालयको राम्रो व्यवस्था हुनु आदीले गर्दा जनता कलेज उपयुक्त कलेज हो ।