सुनसरी । वराहक्षेत्र नगरपालिका वडा नम्बर  १ खारखोलाका समाजसेवी सन्तोष श्रेष्ठले मन्दिर क्षेत्र सरसफाई रङ्ग रोगन र मन्दिर क्षेत्रको बाटो मर्मत गरेर आफ्नो जन्म दिन मनाएका छन् । आफनो  जन्मदिनको अवसरमा वराहक्षेत्र नगरपालिका वडा नम्बर १ खारखोला मा रहेको  शिहदेबि मन्दिर क्षेत्रको सरसफाईसंगै सौन्दयकरणका लागि श्रेष्ठले  रङ्ग रोगन सहित  झण्डा चौकदेखि हाटखोला सम्मको सडक भत्कीएर पानी जम्ने खाल्डाहरुको मर्मत कार्य गरेका हुन् । जन्मदिन मनाउदा हुने खर्चलाई सामाजिक कार्यमा आफुले लगाएको श्रेष्ठले बताए । खारखोलावासिहरुको आस्थाको केन्द्रका रुपमा रहेको शिहदेबि मन्दिर क्षेत्रको झाडि फाडेर सरसफाई गर्ने देखि लिएर मर्मर सम्भारको पर्खाईको अवस्थामा रहेको थियो ।