पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाको यासोक क्याम्पसलाई पुर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाले उपकरण सहयोग गरेको छ । कुम्मायक–१ को यासोक क्याम्पसलाई सरोकार समाजका संयोजक गजेन्द्र सेर्माको समन्वय तथा सचिव बिजय लावतीको सकृयतामा १ लाख २८ हजार उपकरण क्याम्सलाई सहयोग गरेको हो । सरोकार समाज दक्षिण कोरियाका ३३ जना युवाहरुले १ लाख २८ हजार रकम संकलन गरी यासोक क्याम्पसलाई उपकरण सहयोग गरेको सरोकार समाज दक्षिण कोरियाले जनाएको छ । समाजले यासोक क्यापसलाई आवश्यक पर्ने एक÷एक थान कम्युटर, प्रिन्टर, इन्भटर, र इन्भटर लाग्ने ब्याट्रि गरी १ लाख २८ हजार हजारको उपकरण क्याम्पसलाई हस्तान्त्रण गरेको छ । सोमवार क्याम्पसमा आयोजित एक कार्यक्रमका बीच यासोक क्याम्पस संचालक समितिका अध्यक्ष जयबहादुर चेम्जोङलाई गाउँपालिका अध्यक्ष वंमप्रसाद लावतीले उक्त सामाग्री हस्तान्त्रण गरेका थिए । यासोक क्याम्पसको प्रशासनिक काम कारवाहीमा सहयोग पु¥याउने उदेश्यले उक्त सामाग्री तथा उपकरण सहयोग गरेको सरोकार समाजले जनाएको छ । समाजका संयोजक सेर्माले गाउँपालिकाको एक मात्र यासोक क्याम्पसलाई सुचना प्रविधिसंग जोड्दै शैक्षिक गुणस्तर वृद्धि र प्रशासनिक कामलाई प्रभावकारी बनाउन उक्त उपकरण सहयोग गरेको जानकारी गराएका हुन ।