चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड फेरि अवरुद्ध, आज बिहान  ०९ :०० बजे देखि सडक अवरुद्ध भएको हो । 

इच्छाकामना गाउँपालिका–६, कालीखोला पुलनजिकै सडकमाथिबाट लेदो माटोसहितको पहिरो खसेपछि मुग्लिन(नारायणगढ सडकखण्ड अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । उक्त स्थानमा अहिले वर्षा भइरहेको र लेदो पनि बगिरहेको जानकारी दिइएको छ ।  इलाका प्रहरी कार्यालय मुग्लिङबाट प्रहरी निरीक्षकको टोली खटिएर सडक विभागसँग समन्वय गरी पहिरो पन्छाउन पहल भैरहेको प्रहरीले जनाएको छ । लेदो खसिरहेकाले सो स्थानमा सवारीसाधनको आवगमन ठप्प भएको बताइएको छ ।