शैक्षिक दृष्टिकोणले पुर्वी नेपालमा  नाम चलेको सुषमा गोदावरी कलेज इटहरीले कक्षा ११मा भर्ना भएका विद्यार्थीलाई लक्षित गरी एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । 

साइन्स , मेनेजमेन्ट, होटल मेनेजमेन्ट अध्ययनका लागि कलेजमा कक्षा ११मा भर्ना भएका विद्यार्थीलाई कलेजका विषय साथै पठनपाठन लगायतका विषयवस्तु केन्द्रित अभिमुखीकरण कार्यक्रम गरेको हो । अभिमुखीकरण कार्यक्रममा विद्यार्थीलाई सैद्धान्तिक साथै व्यवहारिक शिक्षामा जोड दिदै परिवार ,समाज र देश प्रति उत्तरदायी नागरिक तयार पार्ने विषयवस्तुहरु समेत पठनपाठन गरिने समेत कलेजका प्राचार्य वोधराज नेपालले जानकारी गराए ।

त्यसै गरी विद्यार्थीलाई कक्षाको विषयवस्तु सहित अनुशान र इमान्दारिताका विषयवस्तुहरुलाई समेत समेटिने कलेजका निर्देशक पेशल पोखरेलले वताए । इटहरीमा रहेको सुषमा गोदावरी कलेजका विद्यार्थीले उत्कृष्ट नतिजाहरु ल्याउदै आएका छन । त्यसै गरी चिकित्सा शास्त्र अध्ययनका लागि समेत सुषमा गोदावरी कलेजले प्रवेश परिक्षाका लागि तयारी कक्षा समेत सञ्चालन गर्दै आएका छन । यहाँ अध्ययन गरेका साथै तयारी कक्षा गरेका धेरै विद्यार्थीले एमविविएसमा नाम निकाल्न सफल समेत भएका छन ।