जनकपुरको जानकी मन्दिर परीसरमा अश्लील हर्कत गरी टिकटक बनाउने एक जना  युवक लाई जिल्ला प्रहरी कार्यालय धनुषा प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जानकी मन्दिरको विवाह मण्डपभित्र अश्लील हर्कतमा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने धनुषाको औरही गाउँपालिका–६ का अनिरूद्र यादवलाई पक्राउ गरिएको हो।

१८ वर्षीय यादवमाथि थप अनुसन्धान भइरहेको र भिडिओमा देखिएकी महिला र भिडिओ खिच्ने व्यक्तिको खोजी जारी रहेको प्रहरीले जनाएको छ।