वराहक्षेत्र । हरेक वर्ष तिहारको समयमा सयपत्री र मखमली फूलको माग अधिक हुने गरेको छ । तर नेपाली किसानहरुले लगाएको फूलले माग धान्न नसक्दा ठुलो परिणामको फूलभारतबाट भित्रने गरेको छ । तिहारको समयमा हुने फूलको अभावलाई केही हद सम्म पुरा गर्ने उद्धेश्यले सुनसरीको  बराहक्षेत्र नगरपालिकामा रहेको सप्तकोसी बहुमुखी क्याम्पसका विद्यार्थीले आगामी तिहार लक्षित फूल खेती गर्ने भएका छन ।

विगत देखि नै तिहारको समयमा सयपत्री र मखमली फूल ठुलो परिमाणमा भारतबाट आयत गरिदै आएको तर्फ मध्यनजर गर्दै सप्तकोसी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले १० कठ्ठा क्षेत्रफलमा फूल खेती गर्नका लागि खनजोत गर्न थालिएको हो ।   

बर्षेनी तिहारमा  भारतीय फूलमा निर्भर हुनु परिरहेको र  क्याम्पस् वरिपरी रहेको  वर्षौंदेखि प्रयोगमा नआएको करिब १० कठ्ठा जमिनमा सयपत्री मखमली फूल लगाउने तयारी गरिएको संयोजक दिपा मग्राती बताउछिन ।

यस अघि पनि स्वतन्त्रत विद्यार्थी युनियनको अगुवाइमा सप्तकोसी बहुमुखी क्याम्पसका विद्यार्थीले आपको अचार बनाइ बिक्री गरि संकलित रकम शिक्षाशास्त्र संकायका विद्यार्थीलाई अध्यापन अनुमति पत्रको कक्षा र व्यवस्थापन संकायका विद्यार्थीलाई वैकिगं कोष  लगाएतको निशुल्क कक्षा सञ्चालनमा खर्च गरिने भएको छ ।

 सुनसरीको उत्तरी ग्रामीण भेगमा रहेको यस क्याम्पसका विद्यार्थीले सैद्धान्तिक शिक्षाका  व्यवाहारिक प्रयोगमा ल्याएर आर्थिक उपार्जन गरेर शिक्षाकै लागि खर्चने  प्रयास अघि वढाईरहेका छन । यस क्याम्पसमा अध्ययनरत अधिकांंस विद्याथी कोशी कटान पीडित , आर्थिक अवस्था कम्जोर रहेका परिवारका साथै पिछडिएका वर्गका रहेका छन् । तिहारलाई लक्षित गरि रोपिने सयपत्री र मखमली फूलहरु  राहक्षेत्र , प्रकाशपुर , मधुबर , बाङ्गे , नडाहा आदि क्षेत्रका स्थानीय बजारमा बिक्री गर्ने लक्ष्य समेत विद्यार्थीले अहिले नै वनाइसकेका छन । आफुहरुले लगाएको फूलको विक्रीबाट संकलन हुने रकमले आर्थिक रुपमा विपन्न जेहन्दार विद्यार्थीलाई छात्रवृत्तिमा अध्ययनका लागि खर्च गरिने स्ववियु सभापति चित्रमान राई बताउछन् ।

जनस्तरबाट संचालित सामुदायिक क्याम्पसका रुपमा रहेको सप्तकोशी बहुमुखी क्याम्पसको  स्ववियुको अगुवाईमा विद्याथीले गरेको सो सामाजिक कार्यहरु प्रसंशनिय रहेको बताउदै आगामी समयमा शैक्षिक एवं अतिरिक्त क्रियाकलाप समेत क्याम्पसले सञ्चालन गर्ने क्याम्पसका  सह प्रमुख सुशील कोइरालाले जानकारी दिएका छन् ।

सप्तकोशी बहुमुखी क्याम्पसमा हाल एक हजार भन्दा वढी विद्यार्थी अध्ययनरत रहेका छन ।