महिला सञ्जाल इटहरीले कानुनी साक्षारता सम्बन्धी अन्तरकृया कार्यक्रम आयोजना गरेको छ ।

महिलाहरुलाइ हक अधीकार सुनीश्चीतताका लागी आवश्यक कानुन सम्बन्धी जानकारी गराउने अभीयान अन्तरगत बरीष्ठ अधीवक्ता सुमन कार्कीले सहजीकरण गरेका हुन । नारीहरुलाइ समस्या पर्दा कानुनी प्रक्रीयामा कसरी जाने र महिला अधीकारका क्षेत्रमा के कस्ता कानुनी प्रावधानहरु रहेका छन भन्ने विषयमा महिलाहरुलाइ अवगत गराउने उद्धेश्यले कार्यक्रमको आयोजना गरीएको जनाइएको छ । महिला सञ्जाल इटहरीकी अध्यक्ष कमला खड्काको अध्यक्षतामा  भएको कार्यक्रममा कोशी प्रदेश सभा सदस्य रेवती रमण भण्डारी,मीना श्रेष्ठ,इटहरी उपमहानगरपालीकाका नगर प्रमुख हेमकर्ण पौडेल,नागरीक समाज इटहरीकी अध्यक्ष बालीका खड्का,माइती नेपालकी प्रतिनिधी सुनिता कार्की लगायतका अतीथीहरुको सहभागीता रहेको थियाृे।