इस्लाम धर्मावलम्बीको तेस्रो महान् पर्व मोहरम (दाहा) पर्व सुनसरीका मुस्लिमले पनि मनाइ रहेका छन् । दुइ दिन सम्म चल्ने मोहरम सुरु भएको  छ ।

सुनसरीमा मुस्लिमले मोहरम (दाहा) को पुर्व सध्यांमा जिल्लाको विभिन्न बजार तथा ग्रामिण क्षेत्रमा एकआपसमा लाठी, भाला तथा झर्नी खेल्दै मोहरम पर्व हर्षोल्लासका साथ मनाइ रहेका छन् । इस्लामिक संवत् १४ सय ३४ हिजरीको पहिलो महिनाको चाँदको पहिलो तारिकमा यो पर्व मनाइने गरिन्छ । मुस्लिम समुदायको पर्व भएकाले युवाले समूह–समूहमा भेला भई आफ्नो कलाकौशल सहितको झर्नी खेल खेलेको र दाहा मेलामा मनोरञ्जनात्मक कला प्रदर्शन गर्दै सम्पन्न गरेको मुस्लिम समुदायका अगुवा तैयव हुसेनले जानकारी दिएका छन ।

इराकको करवला मा भएको धार्मिक युद्धमा इस्लाम धर्मावलम्बी इस्लाम धर्मका प्रवर्तक मोहम्मद साहेबको नाति हजरत इमाम हुसेनलगायत ७२ जनाले शहादत प्राप्त गरेको सम्झनामा मनाइने यो पर्वमा गरिबलाई खिचडी, फलफूल, विभिन्न प्रकारको मिठाई र कपडा दान गर्ने चलन समेत रहेको छ ।