धार्मिक पर्यटकीय क्षेत्र मोरगंको नया वृन्दावन आन्तरिक तथा वाह्य पर्यटकहरुको रोजाईमा पर्न थालेको छ । विश्वकै सवै भन्दा ठुलो गाईको प्रतिमा समेत रहेको नयाँ वृन्दावन गौशाला क्षेत्रमा धार्मिक महत्व सहित पर्यावरण तथा वातावरणीय अनुकुल रुख विरुवाहरुले समेत पर्यटकहरुलाई आकर्षित गर्ने गरेको हो । राधाकृष्णको आकर्षक मन्दिर, गोत्र अनुसार ऋषिहरुको मन्दिर , गोत्र अनुसारको विरुवा विश्वकै सबै भन्दा ठुलो गाईको मुर्ति समेत रहेको नयाँ वृन्दावन गौशाला धार्मिक तथा पर्यावरणीय पर्यटकीय क्षेत्रका रुपमा रहेको छ । आन्तरिक पर्यटकहरुको रोजाईमा पर्न थालिसकेको नयाँ वृन्दावनलाई अझ आकर्षक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न स्थानीय तथा प्रदेश सरकारले ध्यान दिनु पर्ने आन्तरिक पर्यटक प्रतिक्षा अधिकारी वताउछिन । 

राधाकृष्णको आकर्षक मन्दिर सहित विश्वकै सवै भन्दा ठुलो गाईको प्रतिमा हेर्नका लागि यस क्षेत्रमा धार्मिक पर्यटकहरु उल्लेखिय रुपमा आउने गरेका छन । १२ विघा क्षेत्रफलमा रहेको यो धार्मिक क्षेत्रमा राधाकृष्णको मन्दिर साथै हनुमान ,सरस्वती लगायतका देवी देवताका मुर्तिहरु समेत रहेका छन । विभिन्न धार्मिक महत्व साथै पर्यावरणीय महत्व वोक्ने विरुवाहरुले पनि पर्यटकहरुलाई आकर्षित गर्ने गरेको अर्की आन्तरिक पर्यटक सरिता खतिवडा वताउछिन ।   

कृष्ण जन्माष्ठमी , कृष्ण जन्माष्ठमीको भोली पल्ट रथ यात्रा , बालाचतुदर्सी , साथै विभिन्न समयमा हुने धार्मिक अनुष्ठानहरुले समेत धार्मिक पर्यटकहरुलाई आकर्षित गर्दै आएको छ । भने यस क्षेत्रका बोट विरुवाहरुका कारण गर्मीको समयमा शितल छाहारीका लागि समेत यहाँ मानिसहरु आउने गरेका छन । सुनसरी र मोरगंको संगम स्थलमा रहेको वुढिगंगा नदी किनाराको पुर्व तर्फ मोरगंमा रहेको नयाँ वृन्दा वन गौशाला क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकहरु समेत आउने गरेका छन ।