मोरङको बेलबारी नगरपालिका कसेनीमा रहेको लोहन्द्रा खोलामा गत २०७४ सालमा आएको बाढीले भत्किएको  पुल निर्माण सम्पन्न भएको छ ।

निमार्ण कार्य पुरा भए पछि मंगलबार एक कार्यक्रम बीच संघिय मामिला तथा सामान्य प्रशासन मंत्री अमनलाल मोदीले उद्घाटन गरे । २०७६ सालमा निर्माण थालिएको १५३ मिटर लम्बाई तथा डबल लेनको यस पुल निर्माणमा ३४ करोड ९ लाख खर्च भएको बताइएको छ । र्साईफन भने पहिले नै निर्माण गरेर कसेनी पुर्वको बनिगामा, बरियाती, बबिया, झमनपुर, केरौन लगायतका शाखा नहरहरुमा पानी पठाउने गरिएको थियो । सुनसरी मोरङ सिचाई आयोजनाको मुल नहरमा रहेको र्साईफन सहितको सो पुल बगाउदा त्यस पुर्वको करिब ११ किलोमिटर क्षेत्रको १५ हजार हेक्टर जग्गामा सिचाई सुविधा पुर्याउन सकिएको थिएन भने पुल नहुँदा स्थानीयहरुलाई आवतजावतमा समेत समस्या हुदै आएको थियो ।