इटहरी / व्यवहारमा आधारित शिक्षण प्रणालीको सुरुवात गर्ने इटहरी नमुना कलेजले नयाँ आगन्तुक विद्यार्थीहरुलाइ विषय छनौटको उद्धेश्यबारे अवगत गराउन इन्डक्सन कार्यक्रम आयोजना गरेको छ ।

कक्षा ११ का विज्ञान,कानुन,होटल म्यानेजमेन्ट संकाय अध्ययन गर्न आउने विद्यार्थीहरुलाइ सहजीकरण गर्ने उद्धेश्यले कलेजले इन्डक्सनन कार्यक्रम आयोजना गरेको हो । विद्यार्थीहरुलाइ विषय छनौट गरेपछी सो विषयको कार्यक्षेत्र,पाठ्यक्रम प्रती अखभ्यस्त कसरी हुने भन्ने कीसीमका अन्यौल सीर्जना हुने गरेकोमा कलेजले पास आउट विद्यार्थीको अनुभव सहीत विषय विज्ञहरुको उपस्थीतीमा इन्डक्सन कार्यक्रम आयोजना गरेको हो ।

सम्बन्धीत संकायमा दक्षता प्राप्त गरीसकेका वीज्ञहरुबाट क्याम्पसमा अध्ययन गराइने संकायको पठनशैली बारे लविद्यार्थीलाइ सहजीकरण गरीएको सहायक क्याम्पस प्रमुख मुक्तीराज सुवेदीले जानकारी दीए । पाठ्यक्रममा प्रवेश गर्नुपुर्व विद्यार्थीलाइ वातावरणमा अभ्यस्त हुन र आगामी दीनमा अध्ययन शैली र विद्यार्थीको अनतरक्षमता पहीचान गरी अब्बल बन्न सक्ने क्षेत्रमा क्रीयशील रहन यस कार्यक्रम प्रभावकारी रहने उनले बताएका छन । 

१ हप्तासम्म सञ्चालन हुने कार्यक्रममा पहीलो चरणमा कक्षाकोठा भीत्र सहजीकरण गराइने र त्यसपछी स्थलगत अनुगमन सहीतको प्रयोगाात्मक अभ्यास गराइने क्याम्पस प्रमुख धर्मराज न्यौपानेले जानकारी दीए ।  हिजोबाट सुरु भएको इन्डक्सन कार्यक्रम शुक्रवारसम्म सञ्चालन हुने जनाइएको छ ।