सुनसरी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंगदेनले सोमबार धरानस्थित पिण्डेश्वर मन्दिरमा आएर जल चढाउनु भएको छ ।

जल अर्पणपछि बोल्दै अध्यक्ष लिंगदेनले साउन महिनादेखि शुरु हुने गरी नविन राप्रपा कार्ययोजना लागू गरेको बताउदै आजैबाट कार्यप्रारम्भ गर्ने बताउनुभयो । उहाँले संगठनात्मक कार्य योजना शुरु गर्ने क्रममा धरान उपमहानगरपालिका वडा नं १४को विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा जल चढाएको बताउनुभयो ।362943900_2127593897446551_907317100710123649_n

उहाँले बालगोपाल मन्दिर छेउमा बनेको चर्चको विषयमा चर्च र मन्दिरको विवादमात्र हैन ०६२/०६३ को जनआन्दोलको राजनीतिक परिवर्तनपछि जनचाहना विपरीत, वहुसंख्यक जनताको भावना विपरीत जरजस्ती धर्मनिरपेक्षता कायम गर्दाको परिणाम भएको बताउनुभयो । उहाँले धर्म निरपेक्षताको आडमा अन्य ठाउँमा पनि यस्तै अतिक्रमण बढ्दै जाने बताउँदै उहाले आफू पिण्डेश्वर बाबाधामको दर्शन गर्न आएकोले धार्मिक विवाद गर्न नआएको स्पष्ट पार्नुभयो । उहाँले धर्म निरपेक्षतालाई पालेर राखेसम्म यस्ता धेरै समस्या आइरहने भएकोले नेपालमा धर्मनिरपेक्षता सम्भव नहुने, यसले देशको हित गर्दैन  मुलुक हिन्दु राष्ट्र नै कायम हुनुपर्ने अडान राख्नुभयो ।हिन्दु धर्मवालम्बीहरुको आस्थाको केन्द्रविन्दु माथि आँच नपुगोस भन्ने अभिप्रायले राप्रपा नेपालले देशभरका सम्पुर्ण मठ मन्दिर भ्रमण गर्ने अभियान चलाएको उहाले बताउनु भयो ।

 यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी धरान नगर महिला कमिटीकी अध्यक्ष सीता मैनालीले लिंगदेनको आगमनले विजयपुर धार्मिक पर्यटकीय क्षेत्रको विकास गर्न सहज हुने बताउनुभयो ।362674676_108547072323644_6848898913864262367_n

विजयपुर ऐतहासिक तथा पुरातात्विक धार्मिक क्षेत्र भएकोले राप्रपाका अध्यक्ष लिंगदनको आगमनलाई थप मद्धत पुग्ने धरान उपमहानगरपालिका वडा नं १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताउनुभयो ।

लिंगदेनले पिण्डेश्वर मन्दिरमा जल चढाएपछि विजयपुरमा रहेका दन्तकाली, बुढाुब्बा मन्दिरमा समेत पुगेर दर्शन गर्नुभएको थियो ।  सो अवसरमा राप्रपाका कार्यकर्ता, धर्मप्रति आस्था राख्नेहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।