सामुदायिक विद्यालयबाट एसईई उत्र्तिण गरेका दलित तथा मुस्लिम समुदायका छात्राहरूलाई इनरुवा नगरपालिकाले अध्ययनका लागि प्रोत्साहन स्वरुप साइकल उपलव्ध गराएको छ ।

इनरुवा नगरपालिकाले दलित तथा मुस्लिम समुदायका छोरीहरुलाई अध्ययनका लागि प्रोत्साहन साइकल वितरण गरेको हो । शिक्षा र  स्वास्थ्यलाई  विशेष प्राथमिकतामा राखेर विभिन्न किसिमका छात्रावृत्ती कार्यक्रमहरु समेत राख्दै आएको इनरुवा नगरपालिकाले उच्च शिक्षा हासिलका लागि शैक्षिक संस्था सम्म पुग्न सहज हो भनेर साइकल वितरण गरिएको नगरप्रमुख केदार भण्डारीले वताए । उनले शिक्षा हासिल गर्ने क्रममा केही सम्म भए नगरपालिका आउन समेत विद्यार्थीलाई आग्रह समेत गरे । 

नगरपालिका क्षेत्रमा रहेका ७ वटा माध्यमिक विद्यालयबाट यस वर्षको एसईई परिक्षामा उत्तिर्ण भएका ४८ जना दलित तथा मुस्लिम समुदायका छात्राहरुलाई उच्च शिक्षा अध्ययनका लागि आवतजावतमा सहज होस भनेर साइकल वितरण गरेको जनाइयो । सो क्रममा वडा नम्बर १मा रहेको भगवति मावि , वडा नम्बर २मा रहेको बालमन्दिर मावि , वडा नम्बर ५मा रहेको शारदा मावि , वडा नम्बर ६मा रहेको जनता मावि , वडा नम्बर ७मा रहेको नेपाल राष्ट्रिय हरि मावि , वडा नम्बर ८मा रहेको त्रिभुवन माव र वडा नम्बर ९मा रहेको सरस्वती माविबाट एसईई उत्तिर्ण गरेर दलित तथा मुस्मिल समुदायका छात्राहरुको प्राप्त नामावली अनुसार नगरपालिकाले साइकल हस्तान्तरण गरेको छ । साईकल वितरण कार्यक्रममा नगरप्रमुख भण्डारी , उपप्रमुख विनिता मेहता , वडा नम्बर ५का वडाध्यक्ष अनिल पोखरेल र वडा नम्बर ७का वडाध्यक्ष हिक्मत सिंह खवास लगायतले छात्राहरुलाई साइकल हस्तान्तरण गरेका थिए ।